Ultimate magazine theme for WordPress.

मोर्चा को बैठक सम्पन्न । निर्वाचन बिथोल्न गाउ गाउमा संघर्ष समिती बनाउने निर्णय

44

बिरगंज ,बैशाख ५ :संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचन बिथोल्नका लागि संघर्ष समिति गठन गर्ने निर्णय गरेको छ ।

वीरगन्जमा आज सम्पन्न मधेसी मोर्चाको बैठकले निर्वाचन बिथोल्नका लागि पर्साका पाँच वै निर्वाचन क्षेत्र , दुवै नगरपालिका र गाउ गाँउमा  संघर्ष समिति गठन गर्ने निर्णय गरेको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताउनु भयो । यसैगरि बैठकले आज साँँझ ६ बजे वीरगन्जको घण्टाघर चोकबाट बृहत मशाल जुलुश निकाल्ने , बैशाख ७ गते बिहान आठ बजे वीरगन्जमा सिठ्ठी र लाठी जुलुश निकाल्ने र ९ गते आमसभा आयोजना गर्ने निर्णय पनि गरेको छ ।

वीरगन्जमा नौ गते हुने आमसभालाइ सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो , तराइ मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव लगायतका नेताहरुले सम्बोधन गर्ने मधेसी मोर्चाले जनाएको छ ।

संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा सम्पन्न बैठकमा फोरम नेपालको प्रदेश नम्बर २ का सचिव सलाउदीन अहमद , तराइ मधेस लोकतान्त्रिक पार्टीका पर्सा अध्यक्ष पुरुषोतमलाल झा , राष्टिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल , सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी , जिल्ला सचिव राजेश साह , तराइ मधेस सदभावना पार्टीका पर्सा अध्यक्ष वीरेन्द्र यादव र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका पर्सा अध्यक्ष मुस्तकीम अन्सारीको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.