Ultimate magazine theme for WordPress.

नयाँ कर नीतिको विरोधमा वीरगन्जका व्यापारी आन्दोलनमा

262

वीरगन्ज ५ श्रावण ।
सरकारले ल्याएको नयाँ कर नीतिको विरोधमा वीरगन्जका व्यापारीहरु आन्दोलनमा उत्रेका छन् । व्यापारीहरुले आईतबार वीरगंजमा विरोध जुलुस निकालेका छन् । उद्योग वाणिज्य संघ वीरगन्जको अगुवाइमा निकालिएको विरोध जुलुसका सहभागीहरुले वीरगन्ज महानगरको परिक्रमा गर्दै सरकारले ल्याएको अव्यवहारिक करको विरोधमा प्रदर्शन गरेका थिए ।

वीरगन्जको उद्योग वाणिज्य संघको कार्यालयबाट शुरु भएको जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । सरकारले ल्याएको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल सिर्जना गरेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडीयाले बताए ।
आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल सुखी नेपाली” नारालाई सार्थक बनाउने प्रमुख संयन्त्रको रुपमा रहेको निजी क्षेत्रलाई खुल्ला एवं सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनुको सट्टा अनावश्यक नियम, कानुन र ऐन ल्याएर निजी क्षेत्रलाई प्रभावित गर्न खोजिएको व्यापारीहरुको आरोप छ । नयाँ व्यवस्थालाई तत्काल स्थगन गरेर निजी क्षेत्रको सुझाव अनुसार उद्योग, व्यापार र व्यवसायको सापेक्षतामा हुने गरी अव्यवहारीक ऐन परिमार्जन तथा संशोधन गरिनुपर्ने पर्सा थोक तथा खुद्रा जेनरल किराना व्यवसायी संघका अध्यक्ष शंकर कुशवाहाले बताए ।

Leave A Reply

Your email address will not be published.