Ultimate magazine theme for WordPress.

नक्कली मुचुल्का विरुद्ध व्यवसायीहरुको प्रदर्शन, आधा दर्जन पक्राउ

597

उमेश दुबे
बिरगंज, १० माघ ः
पर्सा प्रहरीले गएराति बीरगन्ज पोखरिया सडक खण्डको तिलावे पुल बाट नियंत्रणमा लिइएको केराउ लोड भएको ट्रकको प्रहरीले नक्कली मुचुल्का गर्दा आजदिन भरि सो सडक खण्ड तनाव ग्रस्त बनयो । प्रहरीले नक्कली मुचुल्का बनाएको भन्दै व्यवसायीहरुले पदम सडक अवरोधगरि प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएका व्यवसायीहरु लाई लछारपछारगरि प्रहरीले लाठी प्रहार गरेको थियो । प्रदर्शन गर्ने आधा दर्जन व्यवसायीहरुलाई प्रहरीले नियंत्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा विन्दवासिनी गाउपालिका वडा नंबर ४ का उतम तिवारी भनिने निरंन्जन तिवारी , चिन्टु भनिने शंकर पुकार तिवारी ,सोनालाल साह , रवी गुप्ता , दामोदर तिवारी ,संतोष गुप्ता र नवलकिशोर साह रहेका छन् ।
बुधवारराति ना ४ ख १२२ नम्बरको ट्रकमा २५ टन (पाच सय बोरा) केराउ लोड गरि बहुअर्वा गोदाममा गइरहेको अवस्थामा प्रहरीले तिलावे पुलबाट ट्रक नियंत्रमा लिएको थियो । आज विहान प्रहरीले सो ट्रक सिमानजिकैबाट नियंत्रणमा लिइएको नक्कली मुचुल्का गराएको हो । सिमावर्ती गाउपालिका पकहा मैनपुरको वडा नम्बर ३ का अध्यक्ष मदन साह कानुबाट प्रहरीले मुचुल्कामा भुकियाए र सहि गराएको छ । प्रहरीले विहान ४ बजे आएर मुचच्ुलकामा सहि गर्न भनेको र आफुले धेरै कुरा नबुझी सहि गरिदिएको , र पछि घटना विवरण थाहा हुदा प्रहरीले आफुलाई झुकियाएर सहि गराएको महशुश भएको वडा अध्यक्ष कानुले बताए । उनले आफनो वडाबाट केराउ बोकेको कुनै ट्रक बरामद नभएको समेत प्रष्ट पारे ।
विन्दवासनी गाउपालिका ४ मा रहेको संदीप सप्लार्यसका सन्चालक आदर्श कुमार साहले भने पर्सा प्रहरीले विलविजक भएको केराउ नियन्त्रणमा लिएर दुख दिने काम गरेको बताए ।
वीरगन्जको रामगढवा स्थित सरिना ईन्टरप्राईजेजबाट पान विलमा खरीद गरेको २५ टन अर्थात पाच सय बोरा केराउ ना ४ ख १२२ को ट्रकमालोड गरेर विन्दवासनी गाउपालिकामा लगि रहेको अवस्थामा प्रहरीले तस्करीको भन्दै नियन्त्रणमा लिएको संदीप सप्लार्यसका सन्चालक साहको भनाइ छ ।
पान विलमा ल्याएको केराउको भ्याट बिल नभएको बहाना झिकेर प्रहरी निरिक्षक चक्र बहादुर मल्लले जबरजस्ती केराउ सहितको ट्रक नियन्त्रणमा लिएको साहले बताए ।

Leave A Reply

Your email address will not be published.