Ultimate magazine theme for WordPress.

धुर्मुस सुन्तलीद्वारा मुसहर बस्तीमा तेश्रो एकीकृत वस्ती निर्माणको घोषणा

111

काठमाडौं : हास्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले तेश्रो एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् । महोत्तरी जिल्लाको बर्दिबास स्थित नमुना बस्तीमा एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेका हुन् ।

आर्थिक रुपमा विपन्न ५० मुसहर परिवारका लागि एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरिएको हो ।  बुधबार एक भिडियोमार्फत धुर्मुस सुन्तलीले तेस्रो परियोजना सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा धुर्मुसले भिडियो पोष्ट गर्नै भनेका छन् मानवता र सद्भावका लागि सहकार्य स्वरुप बर्दिबास २ महोत्तरीका मुसहरहरुको मुहारमा मुस्कान ल्याउने प्रयास स्वरुप तेश्रो एकिकृत बस्ती निर्माणका लागि सहयोग गर्न सबै समक्ष अपिल गर्दछु । उनीहरुले यसअघि भूकम्पपीडितका लागि काभ्रेको पहरी वस्ती तथा सिन्धुपाल्चोक गिरान्चौरमा एकीकृत वस्ती निर्माण गरेका थिए ।

गिरानचौर एकीकृत नमूना
गिरानचौर एकीकृत नमूना

धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास– २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेको हो । गएको वर्ष पूर्वपश्चिम राजमार्ग सरसफाई अभियानको क्रममा धुर्मुस सुन्तली उक्त बस्तीमा पुगेका थिए । चरम गरिबीको चपेटामा रहेका मुसहर दाउरा बेचेर जिविकोपार्जन गर्दै आएका तराइको पिछडिएको जातिमा पर्छन् । उनीहरुले गएको वर्ष धुर्मुस सुन्तलीले न्यानो वितरण समेत गरेका थिए ।
४ करोड ७८ लाख लगानीमा निर्माण हुने बस्तीका लागि फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपौया मुसहर बस्ती निर्माणका लागि खर्च गर्ने फाउण्डेशनले जनाएकाे छ ।

Leave A Reply

Your email address will not be published.