Ultimate magazine theme for WordPress.

देवताल गाउपालिका अध्यक्ष सिंहकै निर्देशनमा स्वास्थय चौकिमा ताल्चा, सेवाग्राही मारमा

799

उमेश दुबे
बारा, २० मन्सिर / बाराको देवताल गाउपालिकाका अध्यक्ष चन्दन सिंहकै निर्देशनमा स्वास्थय चौकिमा ताल्चा हानिएको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार देवताल गाउपालिका वडा नम्बर १ बडकी फुलवरिया स्थित रहेको स्वास्थय चौकिमा गाउपालिका अध्यक्ष कै निर्देशनमा ताल्चा हानिएको हो ।
स्थानीय तहको चुनाव सम्पन्न हुनसाथ देवताल गाउपालिकाका अध्यक्ष चन्दन सिंहले आफ्नो पदको दुरुपयोग गर्दै गाउपालिका चलाएको आरोप स्थानियहरूले लगाएका छन । स्थानियले जानकारी दिए अनुसार बिगत दुई महिनादेखी बडकी फुलवरिया स्थित रहेको स्वास्थय चौकीमा चिकित्सकको अभाव भएपनी गाउपालिका अध्यक्ष मौन बसेका छन । आफूहरू स्वास्थय चौकीको बिषयमा पटक पटक गाउपालिकाका अध्यक्ष सिंहलाई भनेतापनी वास्ता नै नगरेको आरोप स्थानियहरूको रहेको छ । स्वास्थय चौकिमा ताल्चा लगाए पश्चात् स्थानिय सेवाग्राही मारमा परेका छन । स्वास्थय चौकी बन्द हुदा आफुहरू बाध्य भएर कलैया, बिरगंज औषधी लिन जानू परेको स्थानिय बताउछन ।
यता “मस्त राम मस्ती मे, आग लागो बस्ती मे” भन्ने भोजपुरी उख्खान जस्तै गाउपालिकाका अध्यक्ष चन्दन सिंह भने मौन बसेका छन । स्थानीय तहको चुनाव सम्पन्न भए पश्चात् जनताको हित विपरित कार्य गर्दै आएका अध्यक्ष सिंहले गर्दा हालको समयमा स्वास्थय चौकिमै ताल्चा हानिनु के कतिको जायज रहेको बारे प्रष्ट हुन्छ । बाराको देवताल गाउपालिकाका अध्यक्ष सिंह आफ्नो रवैयामा सुधार नल्याए कडा रूपले जान सक्ने समेत स्थानियले बताएका छन ।

Leave A Reply

Your email address will not be published.