Ultimate magazine theme for WordPress.

दुर्घटनामा परि एसपी पोख्रेलको मृत्यु, प्रमुख जिल्ला अधिकारी भट्टराइ सहित ३ जना घाइते

320

उमेश दुबे
बारा, १२ माघ / दुर्घटनामा परि सस्त्र प्रहरी उपरीक्षक बलराम पोख्रेलको मृत्यु भएको छ भने बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई सहित ३ जना घाइते भएका हुन ।
बाराको निजगढबाट कार्यक्रम समापन गरि कलैया फर्किदै गरेको अवस्थामा पसहा खोला नजिकै दुर्घटनामा परि मृत्यु हुनको साथै घाइते हुन पुगेका हुन । निजगढ्मा कार्यक्रम विशेषले गएको र फर्किदै गर्दा पसाहा खोला नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । उखु बोकेको ट्रयाक्टरमा प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई चढ्ने ना १ झ १६३३ नम्बरको गाडी ठोकिदा घटना स्थलमै मृत्यु हुनुको साथै प्रमुख जिल्ला अधिकारी भट्टराई सहित ३ जना घाइते भएका हुन । प्रमुख जिल्ला अधिकारीको उपचार बिरगंज स्थित बिरगंज हेल्थ केयर हस्पिटलमा उपचार भैरहेको छ भने थप उपचारको लागि काठमाण्डौ लगिने भएका छन ।

Leave A Reply

Your email address will not be published.