Ultimate magazine theme for WordPress.

दुई पार्टीका कार्यकर्ता बिच झडप हु“दा १ जनाको मृत्यु हुनको साथै ७ जना घाइते

102

उमेश दुबे
वीरगंज, १३ कार्तिक ÷ सर्लाहीको रामनगर गाउपालिका वडा नं. ४ मा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ता बिच झडप हु“दा एक जनाको मृत्यु हुनको साथै ७ जना घाइते भएका छन् । आज बिहान भएको दुई पार्टीका कार्यकर्ता बिच झडपमा परी एक जनाले ज्यान गुमाउनुको साथै ७ जना घाइते भएको सर्लाही प्रहरीले जनाएको हो ।
सर्लाही प्रहरीका अनुसार सर्लाहीको क्षेत्र नं. ४ स्थित रामनगर गाउँपालिका वडा नं. ४ मा नेकपा र नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप भएको बताएका छन् । झडप हु“दा एक पार्टीका कार्यकर्ताले गोली समेत चलाएको र चलाएको गोली लागि वडा नं. ४ का अध्यक्ष रामनरेश महतोको ५५ बर्षिय काका रामबिलाश महतोको मुख र पेटमा गोली लागि घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा वडा नं. ४ का महदेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारयण महतो, प्रेम नारायण महतो, मुकेश प्रसाद महतोलाई गोलीको छरा लागि घाइते भएको स्थानियवासीले जनाएका छन । बिहान भिडन्त र गोली हानाहान भएपनि हाल सबै नियन्त्रणमा भएको सर्लाही प्रहरीले जनाएको छ । घाइते हुनेहरुको सर्लाही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.