Ultimate magazine theme for WordPress.

मधेशी मोर्चाद्वारा सर्वदलीय बैठक बहिष्कार

132
काठमाडौं, फाल्गुन १० : प्रधानमन्त्री पुष्पकमल दाहालले आज आह्वान गरेको सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बहिष्कार गरेको छ । सरकारले सोमबार साँझ स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेलगत्तै मोर्चाले पनि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचन लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठक दिउँसो ३ बजेदेखि संसद भवन नयाँ बानेश्वरमा बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
व्यवस्थापिका संसदको बैठक मंगलबार पनि सूचना टाँस गरेर स्थगित भएलगत्तै प्रधानमन्त्रीले सर्वदलीय बैठक गर्न बोलाएको हो । मोर्चाले आज मधेशभरि मसाल जुलुस प्रदर्शन गर्दैछ भने बुधबार मधेश बन्दको आह्वानसमेत गरेको छ ।

सत्तागठबन्धनले प्रचण्ड नेतृत्वको सरकार निर्माणका बेला मधेशी मोर्चासँग गरेको तीनबुँदे सहमतिबाट पछि हटेको भन्दै मधेशी मोर्चाले सर्वदलीय बैठक बहिष्कार गरेको मोर्चाका नेता तथा रामसपाका महासचिव केशव झाले मधेशवाणीलाई जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.