Ultimate magazine theme for WordPress.

दरबार हत्याकाण्डबारे छानबिन गर्ने सरकारको संकेत

34

काठमाडौं, ७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणहिटी दरबार हत्याकाण्डको पुनः छानबिन गर्नुपर्ने बताएका छन् । मन्त्रिपरिषद्को विहीबार बसेको बैठकमा प्रधामन्त्री प्रचण्डले ब्रिफिङ गर्दै दरबार हत्याकाण्डबारे छानबिन गर्नुपर्ने बताएका हुन् ।

पूर्वराजाको पछिल्लो विज्ञप्तिबारे मन्त्रिपरिषद्मा कुरा उठेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले बताए । पूर्वराजा ज्ञानेन्द्रले बुधबार विज्ञप्ति जारी गर्दै मुलुकलाई खण्डित गर्न खोजिएको आरोप लगाएका थिए । बाह्य प्रभावमा अस्थायी सरकार हावी भएको भन्दै शाहले आफूलाई स्थायी सरकारको उपमा दिएका थिए ।

शाहको पछिल्लो विज्ञप्तिपछि प्रतिगमन फेरि उठन् खोजेको भन्दै मन्त्रिपरिषद् बैठकमा प्रचण्डले ब्रिफिङ गरेको एक मन्त्रिले बताए । स्रोतकाअनुसार शाहको अभिब्यक्ति प्रजातन्त्रमाथिको गम्भीर प्रहार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले गम्भीर निर्णय लिनुपर्नेमा जोड दिएका थिए ।

०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो । वीरेन्द्रको बंशबिनासपछि ज्ञानेन्द्र शाह राजा भएका थिए ।

Leave A Reply

Your email address will not be published.