Ultimate magazine theme for WordPress.

तीन दलको सहमति किन रोकियो ?

63

काठमाडौं, ३० मंसिर । संसदको गतिरोध अन्त्य गर्ने गर्ने गरी नयाँ समझदारीमा पुगेका प्रमुख तीन दलका शीर्ष नेताबीच औपचारिक सहमति हुन सकेको छैन । संविधान संशोधन विधेयकलाई कार्यसूचिबाट हटाउने गरी संसदको गतिरोध अन्त्य गर्न मंगलबार तीन शीर्ष नेताबीच समझदारी जुटेको थियो ।

बुधबार नै तीन दलको बैठक बसेर औपचारिक रुपमा नै सहमति गर्ने र विहीबारको सदन बैठक सूचारु गराउने नेताहरुबीच समझदारी जुटेको थियो । तर बुधबार प्रमुख तीन दलका नेताहरुबीच सहमति त के छलफल नै हुन सकेन । विहीबार विहानसम्म तीन दलबीच सहमति गरी सदन सूचारु गराउनेबारेमा दलहरुले तदारुपता नदेखाउँदा विहीबार संसद बैठक पनि अवरुद्ध हुन पुग्यो ।

प्रमुख प्रतिपक्षी दल एमालेसहितका दलहरुले सदन अवरुद्ध गरेपछि विहीबार छैटौंपटक लगातार स्थगित भएको हो । सहमति नजिक पुगेका दलहरु मधेसी मोर्चाको कारण सहमति नगरेको स्रोतको दाबी छ । मोर्चाको चेतावनीपछि प्रमुख तीन दलबीच सहमति नजुटेपछि फेरि पुस ४ गतेसम्मका लागि संसद बैठक स्थगित गरिएको छ ।

संशोधन छाडेर निर्वाचनको मिति घोषणा गर्न दबाब दिएको एमालेलाई मनाउन कांग्रेस सभापति देउवाले संशोधन रोकेर निर्वाचनसम्बन्धी ऐन कानूनलाई तीब्रता दिने तथा पुरानै संरचनाअन्तर्गत स्थानीय निकायको निर्वाचन गर्ने प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावमा एमाले अध्यक्ष ओली पनि सहमत छन् । औपचारिक सहमति जुटाउन देउवाले पहल जारी राखेपनि मधेसी मोर्चाको असन्तुष्टिपछि सहमति रोकिएको स्रोतको दाबी छ ।

सत्तारुढ दलहरुले संशोधन विधेयक फिर्ता नलिने तर केही दिन कार्यसूचिबाट मात्रै हटाउने भनी मोर्चालाई मनाउने प्रयास गरिरहेका छन्

 

Leave A Reply

Your email address will not be published.