Ultimate magazine theme for WordPress.

तिन तल्ले बिद्यालय भवन शिलान्यास

132

उमेश दुबे
पर्सा, ६ मंसिर ÷ वीरगंज महानगरपालिका वडा नं. १४ स्थित रहेको नरसिंह माध्यमिक विद्यालयको तिन तल्ले भवन शिलान्यास भएको छ । वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले तिन तल्ले भवनको शिलान्यास गर्नु भएको हो ।
बिद्यालयको भवन शिलान्यास गर्नुको साथै नगर प्रमुख बिजय कुमार सरावगीले निर्माण कम्पनीलाई समयमै कार्य समपन्न गर्न निर्देशन दिनु भएको छ । विद्यालय सुध्रिए महानगरपालिका सुध्रिने विश्वासका साथ नगरप्रमुख सरावगीले विद्यालयलाई उच्चाईको शिखरमा लग्ने बताउनु भयो । ६ करोडको लागतमा निर्माण भइरहेको भवनको कार्य समयमै सम्पन्न हुने सरावगीले बताए । उहा“ले बिधार्थीहरुलाई कुनैपनि अवरोध नहुनुको साथै कार्य गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको बताइएको छ । वीरगंज महानगरपालिकाले यस्तो नगरप्रमुख पाएकोमा प्रशंसा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.