Ultimate magazine theme for WordPress.

तस्करहरूमा हडकम्प, प्रहरीद्वारा ठूलो मात्रामा मरिच, केराउ र सुपारी बरामद

203

उमेश दुबे
पर्सा, ३ बैशाख / पर्सा जिल्लाकै दोश्रो ठूलो नाकाको रूपमा मानिएको भिस्वा नाकाबाट तस्करी रूकिएको छैन । भिस्वामा लग्दै गरेको मरिच, केराउ, सुपारी र खादान्य समाग्री प्रहरीले बरामद गरेको हो । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलिले भिस्वा बजार लग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
बिरगंजबाट दिनहु लाखौ बराबरको मरिच, केराउ, सुपारी लगायतका समान भिस्वा बजार जाने र त्यहाबाट तस्करी हुने गरेकोले छानबिन गर्नको निम्ति पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र मल्लले बताउनु भयो । दिनहु १ टनदेखि ३ टनसम्म मरिच र केराउ भारत पुग्ने गरेको सूचना आए पश्चात् छानाबिनको लागि पक्राउ गरिएको बताउनु भयो । उहाले प्रती दिन मरिच, केराउ, सुपारी र कस्मेटिक आइटम भिस्वा जाने गरेको सूचनाको अधारमा पक्राउ गरिएको बताउनु भयो । भिस्वा जाँदै गरेको ना ३ त १२७३ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिइ चेकजाच गर्दा माथी किराना आइटम र तलतिर मरिच, केराउ, सुपारी बरामद भएको प्रहरी निरीक्षक चक्र मल्लले बताउनु भयो ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र मल्लले भिस्वा नाकाबाट हुँदै भारत पुग्ने मरिच, केराउ पक्राउ गर्दा तस्करहरूमा हडकम्प मचेको छ । तस्कर समूहले बिरगंजबाट दिनहु भ्याट बिल, प्यान बिलको माध्यमले पर्साको भिस्वा नाकामा पुग्ने गरेको र त्याहाबाट भारत पुग्ने गरेको छ । तस्कर समुहले गरिरहेको कारोबारको बिषयमा पटक पटक समाचार सम्प्रेषण भएपनी माथिल्लो निकायको ध्यान नगएको र वडा प्रहरी कार्यालय श्रीपुरको कार्यले गर्दा तस्कर सङठनमै हडकम्प मचिएको छ ।

Leave A Reply

Your email address will not be published.