Ultimate magazine theme for WordPress.

तस्करहरुको सम्राज्यले गन्हायो पर्साको सीमा नाका

157

पर्सा, ४ असोज / शान्ति सुरक्षाका साथ साथै अवैध कारोवार प्रति नेपाल प्रहरीको फितलो काम कारवाहीले गर्दा पर्सा जिल्लाको अधिकांश सीमा नाका तस्करहरुको सम्राज्यले गन्हाउन थालेको छ । सीमा नाका हुदै हुने अवैध कृृयाकलापबाट नेपाल प्रहरीले मोटो रकमको नजराना बुझन थालेपछि सीमा नाकाहरुमा बढ्दै गएको तस्करहरुको सम्राज्यले गन्हाउन थालिएको हो ।
हिन्दुहरुको महानपर्व बडा दशैका साथ साथै तिहार र छठ पर्ब नजिक्दै जादा सीमा नाकाहरुमा तस्करी गर्ने गिरोहहरु सलबलाएका छन । कारण हो, नेपाल प्रहरी आर्थिक तिर आकर्षित । शान्ति सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरी आर्थिक कारोवार तिर प्रलोभित हुन थालेपछि सीमा नाका हुदै कपडा, हार्डवेयरहरुको साथ साथै बिष्फोटक समाग्री समेत खुल्याम नेपाल भित्रिन थालेको छ । ठुला वडा तस्कर समुहले कपडा तस्करीको लाइन वापत नेपाल प्रहरीलाई मोटो रकमको नजराना बुझाएकै कारण कपडाको नाममा बिष्फोेटक समाग्रीहरु खुल्याम भित्रयाउन थालेका हुन ।
वीरगंजको इनर्वा गाउ, मुल भन्सारका साथै श्रीसियाबाट समेत ठूला वडा तस्करहरुको लाइन खुल्याम चलेको पाइन्छ । रातिको १० बजे पश्चात ठुला वडा तस्करहरुको लाइन चल्ने गरेको पाइन्छ । साथ साथै नेपाल प्रहरीका अधिकांश कर्मचारी आफ्नो दायीत्व निर्वाह नगर्दै तस्करीका मालसमान कटाउन आतुर भएको समेत एक भिडियो क्लिपबाट खुलेको छ । अगाडी अगाडी प्रहरी, पछाडीबाट तस्करीका मालसमानका साथै कपडाको नाममा भित्रिएको बिष्फोटक समाग्री । कपडा तस्करी, हार्डवेयर तस्करी, लगायत बिभिन्न किसिमका तस्करीको नाममा प्रहरी संग लाइन मिलाई व्यापक रुपमा बिष्फोटक समाग्री भित्रिने गरेको हो ।
इनर्वा गाउ हुदै हरदेव, रुपेश र इमरान वीरगंजको मुल भन्सार अगाडीबाट भोला, फैयाज, बिनोद र श्रीसियाबाट तिन जना समुहमा रहेको ठुला तस्कर गिरोहलाई तस्करीको लाइन दिइएको बताइन्छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतकै ग्रिन सिग्नल पाए पश्चात सादा पोशाकमा खटिने प्रहरी टोलीले लाखौ लाख घुस रकम लिएर तस्करीको लाइन दिने गरेको बताइन्छ । पर्साको वीरगंज क्षेत्रमा मात्र नभई ग्रामिण क्षेत्रमा पर्ने भिष्वा, गुडगाई, जानकिटोला, अमरपटी, अलौ लगायतको सीमा नाकाहरुबाट समेत तस्करका गिरोहहरु सलबलाएका छन ।
पर्साको ग्रामिण भेगमा पर्ने भिष्वा नाकाबाट लडु, पप्पु नामक तस्करलाई तस्करीको लाइन चलाउन पाएका छन भने गुडगाई नाकाबाट पर्सा जिल्लाकै कुख्यात तस्कर मुन्ना भनिनेले ट्रयाक्टरकै माध्यमले तस्करीको लाइन चलाउन पाएका हुन । त्यति मात्र नभई अलौबाट मनोज, अमरपटीबाट धर्मेन्द्र, प्र्रसौनीबाट अलि नामक तस्करले तस्करीको कार्य गर्न पाउने भएका छन । प्रहरीको सेन्डिकेटका कारण जानकिटोला देखी सुवर्णपुरसम्म महादेव नामक भैसी तस्करले तस्करीको कार्य गरिने भएका हुन ।
पर्सा जिल्लामा, नेपाल प्रहरीले आफ्नो वर्दीको आडमा कमाई खाने थल्लो बनाउन थालेपछि जिल्ला नै तस्करीका कारण दुर्गन्धित बन्दै गएको छ । नेपाल प्रहरी संगठन भित्र केही आर्थिक प्रलोभन मानसिक्ता बोकेका कर्मचारीहरुले गर्दा संगठन नै बदनाम हुने गरेको पाइन्छ । जसका कारण आम नेपाली नागरिकले नेपाल प्रहरी संगठन प्रति बोकेको विश्वास गुम्दै गएको अभास हुन थालिएको हो । तसर्थ ः यस बिषयमा नेपाल प्रहरी संगठनका प्रमुख धिरज प्रताप सिंह लगायत सम्बन्धीत निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.