Ultimate magazine theme for WordPress.

डि.आई.जी. श्रेष्ठको आयो यस्तो निर्देशन

190
उमेश दुबे
पर्सा, ७ पौष ÷ सशस्त्र प्रहरी बल मुख्यालय नं. २ बाहिणी, बर्दिवाशका प्रमुख डि.आई.जी. प्रविण श्रेष्ठले आफ्नो मातहातमा रहेका गण, बि.ओ.पी., गुल्म र सुरक्षा बेशहरुलाई आफ्नो कार्यमा चुस्त दुरुस्त रहन निर्देशन दिनु भएको छ । प्रदेश नं. २ मा रहेको ८ वटा गण प्रमुखहरुलाई आफ्नो कार्य इमान्दारीता पूर्वक गर्न निर्देशन दिनु भएको हो ।
आठ वटा जिल्लाहरुमा आफ्नो संगठनको निति निर्देशन विपरीत कार्य गरेको फेला परे कडा कारवाही गरिने बताउनु भयो । डि.आई.जी. श्रेष्ठ यस अनलाइन संग कुरा गर्दै यस्तो निर्देशन दिइएको बताउनु भयो । श्रेष्ठको निर्देशन आउनसाथ बारा, पर्सा, रौतहट, सर्लाही, महोतरी, धनुषा लगायत ८ वटा जिल्लाहरुको सीमाना नाकामा सशस्त्र प्रहरीको निगरानी बढेको छ ।
नेपाल र भारतको सीमाना नाकामा सशस्त्र प्रहरीको निगरानी बढ्नसाथ तस्कर समुहहरुको साथ साथै अपराधिक गतिविधिमा समेत कमि आएको डि.आई.जी. श्रेष्ठले ठोकुवा गर्नुभयो । सशस्त्र प्रहरीले सीमाना नाकाबाट लागु औषधका साथ साथै राष्ट्रको राजस्व चोरी गर्ने जस्ता कार्यलाई नियन्त्रण गर्नेतर्फ लागि परेको बताउनु भयो । आफ्नो क्षेत्रमा पर्ने सीमाना नाका लगायत कुनै किसिमको कार्यमा सशस्त्र प्रहरीका पदाधिकारीहरुले गल्ती कार्यमा संलग्न भेटिए कडा कारवाही गरिने समेत बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.