Ultimate magazine theme for WordPress.

डिएसपी खडकाको अर्को सफलता : भारतबाट भित्रयाइरहेको लाखौ बराबरको कपडा सशस्त्र प्रहरीद्वारा बरामद

1,227

उमेश दुबे
पर्सा, २८ फाल्गुन / भारतको रक्सौलबाट खरिद गरि अबैध तरिकाले नेपाल भित्रयाउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले लाखौ बराबरको कपडा बरामद गरेको छ । बिरगंज भन्सार राजस्व गस्ती टोलिले विशेष सूचनाको अधारमा अबैध तरिकाले भित्रिदै गरेको लाखौ बराबरको कपडा बरामद गरेको हो ।
बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाको कमाण्डमा खटिएको टोलिले नेपाल र भारतको सीमामा पर्ने भकुवा नाकाबाट पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । भारतबाट खरिद गरि भकुवा नाका हुँदै भित्रीदै गरेको सूचनाको अधारमा पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी नायब उपरीक्षक खडकाले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले भकुवा नाकाबाट बरामद गरेको कपडा करीब २ लाख मूल्य बराबर भन्दा पनि बढी रहेको बताइएको छ । बरामद भएको कपडा आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाले बताउनु भयो ।
बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुखको रूपमा रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडका आए पश्चात् करीब ५ करोड भन्दा पनि बढीका मालसमान पक्राउ गरेर भन्सार दाखिला गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.