Ultimate magazine theme for WordPress.

डिआइजी श्रेष्ठको सीमामा निगरानी बढ्दै, १ दिनमै करीब २० लाख बराबरको मालसमान बरामद

226

उमेश दुबे
पर्सा, १२ जेष्ठ / नेपाल र भारतको सीमामा सशस्त्र प्रहरी बल, प्रदेश नम्बर २ बाहिनीका प्रमुख डिआइजी प्रवीण श्रेष्ठले निगरानी बढाएका छन । डिआइजी श्रेष्ठ सीमामा निगरानी बढाउनसाथ एकदिनमै करीब २० लाख बराबरको मालसमान बरामद भएको हो ।
केहि दिनदेखी सीमा नाकालाइ तस्कर संगठनहरूले कमाइ खाने भाडो बनाएकै बेला डिआइजी श्रेष्ठको निगरानी बढेको बताइएको छ । शनिवार र आइतवार विभिन्न ठाउहरूबाट खटिएको टोलिले अबैध तरिकाले भित्रिएको कपडा बरामद गर्नुको साथै नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा मूसूरो समेत बरामद गरेको हो । शनिवार राती करीब १० बजेको समयमा भारततर्फ जाँदै गरेको अवस्थामा मूसुरो बोकेको ३ वटा ट्रयाक्टर सहित चालकलाइ नियन्त्रणमा लिनुको साथै आज पुन : कपडा पक्राउ गरिएको जनाइएको छ ।
भारतबाट अबैध तरिकाले नेपाल भित्रीदै गरेको अवस्थामा करीब १ लाख बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, प्रदेश नम्बर २ बाहिनीबाट खटिएको टोलिले बिरगंजको भुटनदेवी मन्दिर नजिकैबाट करीब १ लाख भन्दा बढीको कपडा पक्राउ गरेको हो । भारतबाट अबैध तरिकाले भित्रिरहेको सूचनाको आधारमा भुटनदेवी मन्दिर नजिकैबाट पक्राउ गरेको हो । पक्राउ गरिएको कपडा अवाश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.