Ultimate magazine theme for WordPress.

ठेक्कापट्टामा करोडौं करोड भ्रष्टाचार गरेकोले सिंगासन निर्वाचित हुन नसक्ने मतदाताको दावी

33

वीरगंज २५ कात्तिक । पर्सा जिल्लाको क्षेत्र नं. ४ (ख)को जसपा एमाले गठबन्धनका उम्मेदवार सिंगासन सा कलवारले मतदाताहरुलाई रिझाउने प्रयास गरेपनि यसपालि उनलाई मत नदिने मुड बनाएका छन् । प्रदेश सभा सदस्यमा चुनाव लडेका कलवारले २०७४ सालको निर्वाचनमा मतदाताहरुलाई झुक्याउदै जिते पनि यसपालि उनले नजित्ने चर्चा मतदाताहरुले गर्न थालेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै आफ्नो मत कस्ता उम्मेदवारलाई दिने भन्ने चर्चा र चासो आम मतदाताहरूबीच बढ्दै गर्दा (ख)का मतदाताहरूले पनि यस पटकको चुनावमा आफूले चुन्ने प्रदेशसभा सदस्यको विषयमा गम्भीर चर्चा परिचर्चामा जुटेको स्थानियहरुले बताएका छन् ।
क्षेत्र नम्बर ४ को (ख) अन्तर्गतका चौक–चौराहामा चलेका चर्चा अनुसार यस अघि सो क्षेत्रबाट निर्वाचित सिंगासन सा कलवार यस पटक फेरि पनि उम्मेदवार बनेर जनता सँग भोट माग्न अनेक हथकण्डा, घरदैलो जस्ता उपायहरू अपनाउन थालेपछि सो क्षेत्रका आम मतदाताहरूले सिंगासनको बिगतको भ्रष्ट क्रियाकलापलाई नियालेर आगामी निर्वाचनमा पुनः मदतान नगर्ने अभिमत राख्न थालेका छन् ।
४ (ख) बाट बिगतमा चुनाव जितेका सिंगासनले सो क्षेत्रको जनताका समस्या लगायतका विषयमा गम्भीर हुनुको सट्टा मूख्यमन्त्री लालबाबु राउत सँग नजिकको सम्बन्ध बनाएर मधेश प्रदेशका अधिकांश विकास निर्माण एवं सौन्दर्यीकरण लगायतका कामहरूको ठेक्का पट्टा लिएर भनिएअनुसारको काम नगरी चरम भ्रष्टाचारमा लिप्त रहेको प्रदेशभरी नै चलेको चर्चाले गम्भीर रुपमा लिएको (ख) को मतदाताहरुको भनाई रहेको छ ।
आफ्नो कार्यकालमा क्षेत्रको विकास र आम चासोका विषयलाई सम्बोधन गर्नुको साटो व्यक्तिगत लाभ लिने काममा पदीय दुरुपयोग मात्र गरेर समय कटाएका सिंगासनलाई फेरि पनि भोट दिएर भ्रष्टाचार गर्ने मौका नदिने मनसायमा स्थानीयवासीहरू पुगेको बताईएको छ ।
आफ्नो पद र मूख्यमन्त्री लालबाबु राउत सँग लाभको सम्बन्धको आडमा पर्साको वीरगंज स्थित मुर्ली र नगवा पोखरी लगायत मधेश प्रदेशका अधिकांश ठेक्का पट्टाको कामलाई अल्पत्र पार्नुको साथै अनियमित्ता गरी कमाएका अकूत सम्पत्तिको केही अंश खर्चेर टिकट लिएका र करोडौं करोड खर्च गरी जसरी पनि चुनाव जित्ने दाउमा रहेको बताईएको छ ।
वीरगंज महानगरपालिकाको मुर्लीमा रहेको पोखरीमा कलवार संलग्न रहेको कम्पनीकै लापरवाहीका कारण दुई जना बालकले अकालमै डुबेर ज्यान गुमाउनु परेको दुःखद घटना अहिले पनि वीरगंजवासीको मनमा ताजै छ ।

Leave A Reply

Your email address will not be published.