Ultimate magazine theme for WordPress.

ठाकुरराम तनावग्रस्त, ३ पक्राउ

73

विरगंज, १३ फागुन – विरगंज स्तिथ ठाकुराम बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले तोडफोड र आगजनी गरेपछि अवस्था तनावग्रस्त बनेको छ । क्याम्पस प्रशासनले विद्यार्थीहरु संग बिना कुनै सहमति दल दर्ता गरेको विरोधमा उत्रेका विद्यार्थीहरुले क्याम्पस परिसर तोडफोड र आगजनी गरेका थिए ।

16880950_646462055558143_1890366423_o

तोडफोडका क्रममा धरपकड समेत भएको र धरपकडका क्रममा तीन जना विद्यार्थी नेताहरु पक्राउ परेका छन्, पक्राउ पर्नेहरुमा समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य निखिल वर्णवाल, समाजवादी विद्यार्थी संघका जिल्ला अध्यक्ष मधुसुदन चौरसिया र विद्यार्थी मंचका जिल्ला अध्यक्ष कृष्ण दास रहेका छन् ।

 

Leave A Reply

Your email address will not be published.