Ultimate magazine theme for WordPress.

टेण्डर प्रकृयामा ट्राफिक प्रहरी, दुख झेल्दै भारतीय सवारी साधन चालक

112

पर्सा, २५ फागुन / ट्राफिक प्रहरीले आफ्नो वर्दीको आडमा बिभिन्न सवारी साधनहरु स“ग ओभरलोडको नाममा कमाई धन्दाको रुपमा प्रयोग गर्दै आएको रहस्य उजागर भएको छ । प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको निर्देशन पाउनसाथ बिभिन्न ठाउहरुमा ट्राफिक प्रहरीले ओभरलोडको नाममा कमाई धन्दा बनाएको रहस्य उजागर भएको हो ।
पर्सा जिल्लाको ड्राईपोर्ट, परवानिपुर, पावर हाउस, गण्डक, रजतजन्ती चौक, बसपार्क लगायत बाराको जितपुर र पथलैयामा समेत बिभिन्न बहाना बनाउदै ट्राफिक प्रहरीले दुख दिदै रकमी चान्दा आतंक मचाएको भारतीय चालकहरुले बताएका छन । भारतबाट आईसीपि हुदै नेपाल भित्रिने मालबाहक सवारी साधानबाट प्रति दिन ट्राफिक प्रहरीले ५ हजारदेखी १० हजारसम्म लिने गरेको दुखेसो भारतीय चालकले बताएका छन ।
ड्राइपोर्ट ट्राफिक पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक मुनि यादव र परवानिपुर पोष्टका प्रमुख ट्राफिक प्रहरी नायब निरीक्षक दिपेन्द्र कुमार साहले प्रति दिन भारतीय सवारी साधनबाट हजारौ रकम उठाउने गरेको भारतीय सवारी चालकहरुले बताउन थालेका छन । पेट्रोलियम पदार्थको महंगाई र त्यसमा पनि ट्राफिक प्रहरीको उक्त रवैयाले आफुहरुलाई थप पिडा थपिएको उनले बताए । उनका अनुसार ड्राइपोर्ट र परवानिपुरका साथै बाराको पथलैयामा समेत ट्राफिक प्रहरीले बिभिन्न बहाना बनाउदै आफुहरु संग पर्ची नै नकाटी रकम लिने गरेको चालकहरुले बताएका छन ।
प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक नान्तीराज गुरुङले टेण्डर प्रकृया नै गरी परवानिपुरमा प्रहरी नायब निरीक्षक दिपेन्द्र कुमार साह र ड्राइपोर्टमा मुनि यादवलाई पठाइएको बारे व्यापक चर्चाको बिषय बनेको छ । परवानिपुर र ड्राइपोर्टबाट मोटो रकमको बार्गेनिङ भएकै कारण साह र यादवले बिभिन्न बहाना बनाउदै सवारी साधन चालकहरुलाई दुख दिदै आएको बताइन्छ । एनि हाउ पैसा कमाउ भन्ने उख्खान झै लागेका ट्राफिक प्रहरीको यस्तो रवैयाले गर्दा सम्पूर्ण ट्राफिक प्रहरी लगायत नेपाल प्रहरी संगठनको नीति निर्देशन माथि नै प्रश्ण चिन्ह खडा भएको देखिन्छ ।

Leave A Reply

Your email address will not be published.