Ultimate magazine theme for WordPress.

टाटा गाडीका दुई वटा शो रुम संचालन

65
काठमाडौं,२६ मंसिर–टाटाका ब्यवसायिक गाडीका सुविधा सम्पन्न दुई वटा शो रुमहरु संचालनमा आएका छन् । शनिवार विशेष समारोहकावीच शशीला मोटर्स (रवीभवन, काठमाडौं) र शशीला मोटर्स (सूर्यविनायक, भक्तपुर) संयुक्त रुपमा उद्घाटन गरिएको हो ।
टाटा मोटर्स्का दक्षिण एशिया क्षेत्रीय निर्देशक सतीश मच्छेराजु र सिप्रदी ट्रेडिङका निर्देशक सौर्य राणाले संयुक्तरुपमा शोरुम उद्घाटन गर्नु भयो । कार्यक्रममा सिप्रदी ट्रेडिङका अर्का निर्देशक शम्भुप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालक राजेशप्रसाद गिरी र टाटा मोटर्सका नेपाल भुटान कन्ट्री म्यानेजर बोध प्रसाद मुखिया लगायतका ब्यक्तित्वको पनि उपस्थिति थियो ।
कार्यक्रममा शशीला मोटर्सका म्यानेजिङ डाइरेक्टर सन्तोष खतिवडाले शशिला मोटर्सले काठमाडौ र भक्तपुरका ब्यवसायीलाई बैंक फाइनन्सको सुविधा समेत उपलब्ध गराएर असाध्यै सहजताका साथ टाटाका ब्यवसायिक गाडी उपलब्ध गराउने भएका कारण गाडी खरिद गर्न ब्यवसायीलाई भौतारिनु नपर्ने र निम्न पुँजी भएका ब्यवसायीलाई पनि गाडीधनी बनाउने काम शशीला मोटर्सले गर्दैै आएको र गरिहने बताउनु भयो ।
उपत्यकाका ब्यवसायीहरुलाई सहज र सरल रुपमा गाडी उपलब्ध गराउने उद्देश्यले यी दुई शो रुम स्थापना भएसंगै उपत्यकाका ब्यवसायीले सिप्रदी ट्रेडिङकै मूल्यमा अझ थप सहजता र सुविधाका साथ गाडी खरिद गर्न सक्नेछन् । शशीला मोटर्सले काठमाडौं र भक्तपुरमा टाटा मोटर्सका साना ब्यवसायिक गाडीहरु विक्री गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.