Ultimate magazine theme for WordPress.

टाइगर टोलिका प्रहरी हवलदार चौरसिया मचाए रकमी आतन्क, माथिल्लो निकाय मौन

1,044

उमेश दुबे
पर्सा, २९ माघ / शान्ति सुरक्षाको निम्ति जिल्ला प्रहरी कार्यालय पर्साले खटाएको टाइगर टोलिले जिल्लामा चन्दा आतन्क बढाएका छन । टाइगर टोलिका प्रहरी हवलदार जितन चौरसियाले सिमा नाकाबाट व्यापक रूपमा आर्थिक कलेक्सन तिर लागेका हुन ।
नेपाल प्रहरी संगठनका प्रमुख सर्बेन्द्र खन्नालले आफ्नो संगठनले इमन्दारिता पूर्वक कार्य गरिरहेको बताएपनि पर्सामा आफ्नो वर्दीको आडमा कमाइ खाने भाडो बनाएका छन । पर्साको सिमा नाकामा पर्ने प्रहरी चौकी छपकैया हुँदै तस्कर सङठनलाइ तस्करीको लाइन दिइएको छ । टाइगर टोलिको नाममा प्रहरी हवलदार जितन चौरसिया रकम उठाउन थालेपछी तस्करी कार्यलाइ तिब्रता दिइएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर, वडा प्रहरी कार्यालय बिर्ता, प्रहरी चौकी छपकैया, इलाका प्रहरी कार्यालय इनर्वाबाट खटिएको टाइगर टोलि र सिबिल टोलिले आर्थिक कलेकसनमा जुटे पश्चात् तस्करी कार्यलाइ तिब्रता दिइएको बताइएको छ । टाइगर टोलिको नाममा चन्दा आतन्क मचाएका प्रहरी हवलदार चौरसिया सिमाबाट तस्करी लाइन मिलाउने भनेर विभिन्न ब्यपारिलाइ फोन गरि चन्दा माङ गरेका छ्न । नाम चाहिँ क्राइम टोलि, टाइगर टोलि तर कार्य चाहिँ आर्थिक कलेक्सन भन्दै एकजना ब्यपारिले सुनाए ।
उनका अनुसार स-साना तस्करदेखी लिएर ठुला वडा तस्करहरू सङ मोटो रकमको नजराना चौरसिया बुझे पश्चात् तस्करीको लाइन खुल्ला भएको आफ्नो नाम नछाप्ने सर्तमा बताए । प्रहरी हवलदार चौरसिया आफू लगायत सबै जना तस्करको मोबाइलमा फोन गरि लाइन मिलाई दिन्छु भन्दै कलेकसन तर्फ लागे पश्चात् सिमा नाकाबाट तस्करी सुचारू भएको छ । तसर्थ यस विषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक छ ।

Leave A Reply

Your email address will not be published.