Ultimate magazine theme for WordPress.

जिवनमा भएको एक गल्ती मजाक

205

जिवन, जुन भगवानले दिएको एक यस्तो वरदान हो जसमा सुख दुखको शामना गर्नु नै पर्छ । तर कतिपय सर्वसधारण गल्ती गरेर जिवनभरी पछुताई नै राख्ने गर्दछन भने कतिपय सर्वसधारण मानसिक तनाव अथवा आफ्नै नजिकका साथी भाईका कारण जिवनबाट छुटकारा पाउन बाध्य हुन्छन । जिवनको एक गल्तीले आफ्नो मृत्यु काल आफै रोज्न बाध्य हुन्छन । जिवनमा भएका तिता मिठाको बिषयमा माफी मांग्दै समाजिक संजालमा पोष्टयाउदै आफ्नो मृत्यु काल अपनाएको घटना हामी आफ्नो जिवनकालमा धेरै नै देख्या होलौ ।
यो घटना हेर्न हामीलाई कहिकतैतिर जानु पर्दैन । हाम्रै समाजमा सजिलै हेर्न र देख्न पाइन्छ । कतै त्यो घटनाहरुलाई लुकाइन्छ, त कतैतिर त्यो घटनाहरुलाई मजाक बनाइन्छ त कतैतिर त्यही घटनालाई लिएर जिवनभरी घोच्याउने काम गरिन्छ, त्योपनि आफ्नै नजिकका नातेदारहरु संग । यो नातेदार भन्ने शब्द जुन नाता त बनाइन्छ सुमधुरको लागी तर त्यो शब्द, शब्द मै सिमित रहन्छ । खासमा यो नातेदार जसको कुनै काम छैन, उसले घर बिगार्ने, अरुको घर फोडने बाहेक कामै गर्दैन्न । उसले आफ्नो जिवनभरीमा आफ्नै नातेदारहरुको घरको खुसी, सुख शान्ति, समृद्धि खोस्न पछाडी हटेको हुदैन । तर हामी त्यस्तै मानसिक्ता बोकेकाहरुलाई प्राथमिक्ता दिएकै कारण मृत्युसम्मको शिकार हुनु परेको घटना देखेका छौ ।
जिवनमा एक गल्ती जुन माफी पाउन सकिन्थयो, उसको निराकरण हुन सकिन्थयो तर हाम्रो त्यही नातेदारहरुले गर्दा न त माफी नै पाउन सकियो, न त निराकरण नै हुन सकियो । किनभने त्यो नातेदारहरुको नजरमा त्यो गल्ती होइन दण्डीय अपराध नै हो, त्यसको सजाय पाउनु नै पर्छ, दण्ड सजाय भोग्नै पर्छ भनेर नारावाजी लगाए झै घर फोड्नमा पछाडी हट्दैन्न । कारण हो माफी मांगिरहेका युवकको सम्पती । यो मानव जिवनमा सम्पती एउटा यस्तो महत्वपूर्ण कुरो हो, जसका लागी एक भाईले अर्को भाईको हत्या समेत गर्नबाट पछि हट्दैन, आफ्ना सन्तान बुवाको हत्यासम्मको योजना गरिएको धेरै घटनाले प्रमाणित समेत गरेको छ ।
यो जिवनकालमा हामी घटना दुर्घटना हेरेरपनि सचेत हुदैनौ । हामी आफ्नै नातेदारहरु भ्रष्टाचार गरिरहेको बेला, अपराध गरेको बेला, लुकाई राख्या हुन्छौ, ढाकछोप गरि राख्या हुन्छौ । तर त्यसले केही फरक पर्दैन शिवाय एक गल्ती । आदरणीय पाठकवर्ग सबै जना महानुभावले अहिलेसम्म सोचिराख्नु भएको होला की कुन गल्ती ? कस्ता गल्ती ? भनेर तर आदरणीय पाठकवर्ग त्यो गल्तीको नाम एउटा मजाक हो । जिस्कीनु हो । जुन त्यही गल्तीका कारण आफ्ना सभन्दा प्यारो छोरा, छोरी, स्वासनी, आमा, बुवालाई त्यागी आफ्नो जिवनकालमा मृत्युकालको अनुभुति लिएको घटना समेत हेरेका छौ । मजाक भन्ने भोजपुरी शब्द जुन आफ्नै नजिकका साथी संग गरे, त्यसको परिनाम आफ्नो सम्पूर्ण परिवारलाई त्यागी कहा गएको बिषयमा अहिलेसम्म जानकारी प्राप्त हुन पाएको छैन ।
मजाकका कारण नातेदारहरु द्वारा अपराधी बनाइएका ती युवक आफ्नो मान मर्यादाको लागी माफी मांगिरहे, गल्ती गरेको स्वीकार गरि राखे । तर त्यसलाई माफी पाइएन, ति युवकलाई दण्डीय सजाय हुनु नै पर्छ भनि आफनै जिवन संगीनिको जवाफ सुनि जिउदै मृत्युसम्मको सजाय काटन ति युवक बाध्य भए । जसका कारण आफ्नो कुल सम्पती युवकले त्यही आफ्नो जिवन संगीनिको जिम्मा लगाउदै यो समाजबाट बिदा भए । समाज भन्ने शब्दपनि अनौठो लाग्दैन र ? हासी खुसी बस्न त्यही समाजको अवाश्यकता पर्छ, मजाक गर्नपनि त्यही समाजको आवश्यकता पर्छ तर त्यही समाजले मजाक गर्दैमा हदैसम्मको सजाय सुनाएको फैसला प्रति कसैले, कुनैपनि मानवले एक शब्दपनि बोलेन्न । सायद यो मजाक भन्ने शब्द नै अपराधीकरण बनाउने शब्द हो सोच्दै आफ्नो जिवन संगीनिको शब्दको लाज राख्दै जिउदै मृत्युकरणमा जान बाध्य भए । यसमा युवकको नाम गोप्य राखिएको छ । क्रमश ः

Leave A Reply

Your email address will not be published.