Ultimate magazine theme for WordPress.

जनस्वास्थ्य कार्यालय पर्सामा तालाबन्दी

106

बिरगंज, २० पुस: स्वास्थ्य चौकी प्रमुखको विषयलाई लिएर पुस १७ गतेदेखि चरणवद्ध आन्दोलनमा उक्रेका पर्साका हेल्थ असिष्टेन्टहरुले बुधबार जिल्ला जनस्वाथ्य कार्यालय पर्सामा तालाबन्दी गरेका छन् । हेल्थ असिष्टेन्टहरुले बुधबार बिहान १० बजेदेखि नै कार्यालयमा तालाबन्दी गरी आन्दोलनमा उक्रेका छन् ।

पटक–पटक आग्रह गर्दा समेत जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले आफूहरुको मागलाई नजरआन्दाज गरेको आन्दोलन समितिका संयोजक धर्मेन्द्रराय यादवले बताए । यादवले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदा र तीन दिनदेखि धर्ना दिँदा समेत स्थानीय प्रशासन र जिल्ला जनस्वास्थ्य कार्यालयले चासो नलिँदा बाध्य भई तालाबन्दी गरेको बताए ।

नेपाल सरकारको २०७१।०९।२४ गतेको निर्णयबमोजिम पारित भएको संगठनात्मक संरचना र दरबन्दी तेरिजमा साथै स्वास्थ्य चौकीहरुको प्रमुखमा हे .अ (तह ५,६ र ७) कायम गरेको भएपनि सि.अ.हे.ब छैटोको दवाबमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले नेपाल सरकारको निर्णयलाई समेत नमानेको हेल्थ असिष्टेन्ट संघका अध्यक्ष रविन्द्र साहले आरोप लगाए ।

साहले अब पनि जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले आफूहरुको मागलाई सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।

तालाबन्दी कार्यक्रममा हेल्थ असिष्टेन्ट नेपालका केन्द्रीय सदस्य अनिल कुमार यादव, हेल्थ असिष्टेन्ट पर्साका उपाध्यक्ष सुनिल कुर्मी, सचिव राजु साह, सदस्यहरु शिवनारायण मण्डल, अनिष कान्त कुशवाहा, दिपक यादव, संजय यादव, विनु श्रेष्ठ, अपसरा देवकोटा, संजीता ढकाल, बबिता साह, भगवती भट्ट, सर्मीला मल्ल लगायत ८० जनाभन्दा बढी हेल्थ असिष्टेन्टहरुको उपस्थिति रहेको थियो ।

आन्दोलन शुरु गरेदेखि कार्यालय प्रमुख कार्यालय आउन छोडेको र निमित्तले यसबारे बोल्न नमानेकोले झन् समस्या भएको आन्दोलनकारीहरुको भनाई रहेको छ ।

Leave A Reply

Your email address will not be published.