Ultimate magazine theme for WordPress.

छिटै ठुलो पर्दामा देखिदैँ “युवराज केशरी”

64

विरगंज,  माघ ८ : पछिल्लो समय ६ वटा म्युजिक भिडियोमा अद्ुभत अभिनय गरि निकै नै चर्चामा रहेका नायक तथा माडल युवराज केशरी अब चाडै ठुलो पर्दा अर्थात चलचित्रमा पनि अभिनय गर्ने तर्खरमा छन् ।

वि.सं. २०७० मा मिस्टर हैण्ड्सम वीरगञ्जको उपाधि हासिल गरेपछि यस क्षेत्रमा प्रवेश गरेका युवराजले ६ वटा म्युजिक भिडियोमा अभिनय गरि दर्शकको मन , मुटु र मष्तिश्कमा आफनो छाप छोड्न सफल भएका छन् । उनी अभिनित ६ वटा म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् भने एउटा भिडियो सार्वजनिक हुने संघारमा छ ।

भर्खरै केहि दिन अगाडी सार्वजनिक भएको म जुन तिमी तारामा पनि उनको मूख्य अभिनय रहेको थियो । म जुन तिमी तारा वीरगञ्जमै निर्माण भएको म्युजिक भिडियोहरु मध्ये युट्युकबमा ५०००० दर्शक पाउने पहिलो भिडियो बन्न सफल भएको छ ।

यस भिडियोमा पनि उनको अभिनयलाई दर्शकले मन पराएका छन् । वीरगञ्जबाटै मडलिङ्ग करियर सुरु गरेका युवराज अहिले वीरगञ्जमा मात्र नभइ नेपाल भरि नै चर्चित भइसकेका छन् । उनको अभिनयको चर्चा राजधानी सम्म हुन थालेको छ ।

त्यसैले गर्दा केशरी अभिनित चलचित्र पनि छिटै सार्वजनिक हुने तर्खरमा छ । पुर्ण रुपमा ‘माया’ लाई विषय बनाएर सो चलचित्र निर्माण भइरहेको केशरीले बताए । सो चलचित्रको सुटिङ्ग वीरगञ्ज र काठमाण्डौमा गरिने योजना रहेको मडल केशरीले बताए ।

सो चलचित्र सmल हुनेमा आफु विश्वस्त रहेको केशरीले बताए ।
सौजन्य : नेपाल पोस्ट डेलि

Leave A Reply

Your email address will not be published.