Ultimate magazine theme for WordPress.

चेल्सीको विजयी यात्रा टुंगियो, कीर्तिमान बनाउने सपना टुट्यो (फोटो फिचर)

39
(एजेन्सी )काठमाडौं पौष २१ :  इंग्लिस प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमान बनाउन टोटनह्यामले चेल्सीको सपना तोडिदिएको छ।
3bda38bf00000578-4088524-image-a-5_1483564818329
लिग अन्तर्गत गए राति भएको खेलमा शीर्ष स्थानको चेल्सी टोटनह्यामसँग २–० ले पराजित हुँदै कीर्तिमान बनाउनबाट चुक्यो।
3bd943c800000578-4088524-in_a_frenetic_and_entertaining_opening_period_at_white_hart_lane-a-37_1483561989387
लिगका पछिल्ला १३ खेलमा अपराजित चेल्सीको यो पहिलो हार हो। एकै सिजनमा लगातार १३ खेल जितेर क्लब कीर्तिमान बनाएको चेल्सी प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमान बनाउनबाट एक जित आवश्यक थियो। तर, चेल्सीको कीर्तिमान बनाउने सपनामा टोटनह्याम बाधक बन्यो।
3bda10e300000578-4088524-image-a-58_1483563318260
गएरातिको खेल जितको भए चेल्सीले आर्सनलले बनाएको लगातार १४ खेल जितेको कीर्तिमानसँग बराबरी गर्ने थियो।
3bda1c4d00000578-4088524-image-a-70_1483563540636
टोटनह्यामका डेल अलीले पहिलो हाफको अन्तिम तथा दोस्रो हाफको नवौं मिनेटमा गरी दुई गोल गर्दै टोटनह्यामलाई २–० को जित दिलाएपछि चेल्सीको सपना सकिएको हो।
3bd943b300000578-4088524-image-m-32_1483561916697
लिगमा लगातार पाँचौं जित निकाल्ने क्रममा टोटनह्यामले चेल्सीको विजयी यात्रामा समेत पूर्णविराम लगायो।
3bda1c4d00000578-4088524-image-a-70_1483563540636
यो हार सँगै चेल्सीले दोस्रो स्थानको लिभरपुलसँगको अंक दूरी ८ बनाउने मौका गुमायो।
यद्यपी लिगको अंक तालिकामा चेल्सीको २० खेलबाट ४९ अंक छ ।
3bd93ea800000578-4088524-image-a-48_1483562239187
दोस्रो स्थानमा रहेको लिभरपुलको ४४ अंक छ। तेस्रो स्थानमा उक्लिएको टोटनह्यामको ४२ अंक भएको छ।

Leave A Reply

Your email address will not be published.