Ultimate magazine theme for WordPress.

चुनावी एजेण्डा बन्दै आएको श्रीसिया नदी

71

पर्सा, १० कात्तिक / पर्सा जिल्लामा अहिले चुनावी सरगर्मी छाएको छ । तर प्रत्येक निर्वाचन झै यसपालि पनि श्रीसिया नदी चुनावी एजेण्डाको रुपमा अगाडी सारिएको छ । श्रीसिया नदी जुन पर्सा र बारा जिल्लामा अवस्थित रहेका उद्योगहरुले अवैध रुपमा प्रदुषित पानीको बहावको रुपमा प्रयोग गर्दै आएका छन ।
तिनै तहको निर्वाचनको समयमा प्रमुख एजेण्डाको रुपमा लिइएको श्रीसिया नदी खासमा हेर्ने हो भने जस्ताको त्यस्तै रहेको छ । कारण हो राजनीतिकर्मीहरुको कमाई खाने भाडो, श्रीसिया नदी नै भएकोले । श्रीसिया नदीको प्रदुषित पानीले गर्दा हजारौ सर्वसधारण जनता मारमा पर्ने गर्दछन । खास गरी बर्षायामको समयमा प्र्रदुषित पानीका कारण हजारौ जनता बिरामीको सिकार हुन पुग्दछन । यतिमात्र नभई हिन्दुहरुको महान चाडपर्ब छठ पर्बमा समेत श्रीसिया नदीको प्र्रदुषित पानीलाई सफा गरिन सकिदैन, उद्योगहरुलाई केही कारवाही गरिन सकिदैन, जसका कारण वीरगंजका हजारौ हजार नेपाली जनता श्रीसियाको प्रदुषित पानीले मारमा पर्ने गर्दछन ।
निर्वाचन आउछ, घरदैलो गर्दै नेताहरु भन्छन, निर्वाचित भए लगतै श्रीसिया नदीको प्रदुषित पानीलाई सफा गराउछौ, श्रीसिया नदीमा पानी खसाउने उद्योगहरुलाई कारवाही गर्छौ तर खासमा हेर्ने हो भने नेताहरुको कमाई खाने थल्लोको रुपमा श्रीसिया नदी भएकै कारण मात्र भाषणमा नै सिमित हुने गरेको पाइन्छ । सोझा साझा नेपाली जनतालाई बिभिन्न आश्वास दिदै निर्वाचित भएका स्थानीय निकाय तथा सांसदहरुले बिगत ५ बर्षमा पनि श्रीसिया नदीको बिषयमा अवाज उठाएन्न, उद्योगहरुलाई कारवाही गरेन्न, श्रीसिया नदीलाई उद्योगको चुंगलबाट उन्मुक्ति दिलाउन सकेन्न । जसका कारण हाल सोझा साझा स्थानीय नेपाली जनता छठको समयमा पनि उदासिन बनेका छन । हामीहरु स्थलगत समाचार संकलन गर्ने क्रममा जनताले यस्तो प्रतिक्रिया दिएका थिए ।
जनताले दिएको आश्वासन र भाषणकै भरमा रहेको श्रीसिया नदीको अवस्था हालको समयमा पनि जिउको तिउ रहेको छ । मधेसी नागरिकको लागि सभन्दा ठुलो पर्बको रुपमा मानिने छठ पर्बमा समेत निर्वाचित भएका कुनै जनप्रतिनिधिले चासो नदेखाउदा ब्रतालुहरु उदासिन बनेका छन । गत निर्वाचनमा श्रीसिया नदीको बिषयमा ठुला ठुला भाषण गर्ने नेताहरुलाई यसपालिको निर्वाचनमा बहिस्कार गरेर स्वतन्त्र उम्मेदवारलाई रोज्ने समेत स्थानीयहरुले बताएका छन ।

Leave A Reply

Your email address will not be published.