Ultimate magazine theme for WordPress.

घण्टाघरमा रहेको तरकारी बजारमा डोजर चल्यो

121

वीरगन्ज,फाल्गुन ८ : वीरगन्ज उपमहानगरपालिकाले डोजर लगाएर घण्टाघर नजिकको तरकारी बजार भत्काइदिएको छ। आज बिहान करिब ४ बजे झिसमिसेमै डोजरले प्रस्तावित बिपी उद्यानको जग्गामा बसाइएको मिना बजारका टहराहरु भत्काएको हो।Image may contain: one or more people, sky and outdoor

बजारभित्रका टहरा भत्काएपछि वीरगन्जका तरकारी ब्यवसायी विरोधमा उत्रिएका छन्। उनीहरुले बजार ब्यवस्थापनका लागि १२ घण्टे अल्टिमेटमसमेत दिएका छन्। साबिक मिना बजारमा रहेका ब्यवसायीहरुलाई त्यहाँ नयाँ संरचना बनाउनका लागि २०६७ पुसमा हटाइएको थियो। आफूहरुलाई उपमाहानगरपालिकाले बिस्थापित गरेको भन्दै त्यतिबेला उनीहरुले गरेको आन्दोलन टुंग्याउन २०६७ पुस ९ मा उपमाहानगरपालिका कार्यालय, जिल्ला प्रसाशन कार्यालय र ‘वीरगन्ज तरकारी तथा फलफुल ब्यवसायी संघ’ तथा ‘माछामासु ब्यवसायी संघ’बीच सहमति भएको थियो। सोही सहमतिअनुसार बिपी उद्यानको जग्गामा बसाइएको मिना बजार उपमाहानगरपालिकाले भत्काइदिएको हो।Image may contain: sky and outdoor

पुरानो मिना बजारमा नयाँ कम्प्लेक्स बनेपछि त्यसलाई उपमाहानगरपालिले ठेक्कामा लगाएको छ। ठेकेदारले महँगोमा ठेक्का लिएकाले भाडा पनि बढी नै छ। तरकारी ब्यवसायी पुरानो ठाउँमा बनेको नयाँ कम्प्लेक्समा सरेनन्। ठेकेदारको ब्यक्तगित लाभको लागि आफूहरुको बजार भत्काइदिएको वीरगन्ज तरकारी तथा फलफुल ब्यवसायी संघका माहासचिव संजय बर्णवालले आरोप लगाए।Image may contain: one or more people, people walking, crowd and outdoor

उनका अनुसार पाँच सय ठूला र पाँच सयभन्दा बढी साना पसलहरु सञ्चालन हुदै आएको मीना बजारमा २ हजार बढीले रोजगारी पाएका थिए। उनीहरुको जीविकोपार्जन मासिएको बर्णवालको भनाइ छ। ‘हामीले ब्यवस्थापनका लागि स्थानीय प्रसाशनलाई १२ घण्टाको अल्टिमेटम दिएका छौं, त्यसभित्र सुनुवाई भएन भने वीरगन्ज बजार ठप्प पार्छौं,’ संघका अध्यक्ष बिदुर गुप्ताले भने।

Leave A Reply

Your email address will not be published.