Ultimate magazine theme for WordPress.

गुरु पुर्णिामाको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना, १२५ जनाले गरे रक्तदान

167

उमेश दुबे
बारा, २० असार / बारा जिल्लाको परवानिपुर गाउपालिका वडा नम्बर ५ नेवतन बहुवरीमा, गुरु पुर्णिामाको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना भएको छ । आयोजना भएको खुल्ला रक्तदान कार्यक्रममा १ सय २५ जनाले रक्तदान गरेको आयोजकले जनाएको हो ।
कार्यक्रममा स्थानीय लगायत जिल्लाको विभिन्न ठाउहरूबाट आएका युवाहरूले रक्तदानमा भाग लिएको बताइएको छ । परवानिपुर गाउपालिकाका सदस्य सन्जु साहले आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथिमा प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री जितेन्द्र सोनल रहेका थिए भने बिशिस्ट अतिथिमा रामचन्द्र सिंह लगायतको उपस्थित रहेको जनाइएको हो ।
युवा समाजसेवी अनिल गुप्ताका अनुसार देशमा बढ्दै गएको कोरोना सन्क्रमितहरूको संख्या थपिदै गएको बेला यस्तो कार्यक्रमको आयोजना हुनु राम्रो काम गरेको बताउनु भयो । उहाले आयोजक लगायत सबैलाइ धन्यवाद दिदै आउने दिनमा पनि जिल्लाको विभिन्न ठाउहरूबाट समेत यस्तो कार्य गर्दा हाम्रो देश नेपालको लागि सहयोग हुन सक्ने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.