Ultimate magazine theme for WordPress.

गुण्डाराजलाई समाप्त पार्न स्वतन्त्रको पक्षमा मतदाता

80

पर्सा, १४ कात्तिक / पर्सा जिल्लामा बढ्दै गएको गुण्डाराजलाई सखाप पार्न मतदाताहरुले स्वतन्त्र उम्मेदवारको पक्षमा उभिन थालेका छन । बिगत ५ बर्षदेखी वीरगंज क्षेत्रमा बढ्दै गएको गुण्डाराजका कारण आजित हुदै आएका मतदाताहरुले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको पक्षमा उभिन थालेका हुन ।
प्रत्येक निर्वाचनको समयमा घरदैलो गर्दै जनतालाई बिभिन्न आश्वास दिदै निर्वाचित हुदै आएका नेताहरुले वीरगंज क्षेत्रलाई गुण्डाराजमा परिणत गरेको आक्रोष व्यक्त गर्दै यसपालि हुने निर्वाचनमा स्वतन्त्रको पक्षमा उभिने तयारी गरेको मतदाताहरु बताउछन । मधेस आन्दोेलन गराई, आन्दोलनको नाममा अकुत सम्पती कमाएका र निर्वाचित भए पश्चात कमिसनको लोभमा गुण्डाराज झै विकासको कामलाई निरन्तरता दिएकाहरुलाई यसपालि बहिस्कार गर्ने मतदाताहरुले अडान लिएका छन ।
एक जना बृद्ध मतदाताका अनुसार मधेस आन्दोलन मधेसी जनताको लागि आवश्यकता रहेको बेला आन्दोेलन भयो । आन्दोलनको नाममा तेल बेचेर अकुत सम्पती कमाउने, आन्दोेलन गराई ड्राइपोर्ट हुदै मालसमान आयात गर्न लगाउने, आफ्नो बाउन्सरको माध्यमले कमाई खाने भाडो बनाउने, यहिको नेता रहेको, उनले जिकिर गरे । यस्ता गतिविधिबाट अकुत सम्पती कमाउने नेता हाम्रै मधेसी दलका नेता रहेको बारे बच्चा बच्चालाई जानकारी रहेको जिकिर गरे । त्यस्ता नेतालाई मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा जनताको एकाधिकर मतले पराजित गराउने तयारी रहेको समेत, उनले बताए ।
एक जना युवकका अनुसार जनताको एकाधिकार मतले मात्र गुण्डाराज समाप्त गर्न सकिने उल्लेख गर्नुभयो । गुण्डाराजकै कारण न्याय मांग्न जाने पिडितलाई न्याय पाउन नसकेको दावी गरे । जिल्ला प्रहरी कार्यालयदेखी जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय लगायत अधिकांश सरकारी कार्यालयहरु गुण्डाराजकै चपेटामा रहेको, उनले बताए । उनका अनुसार गुण्डाराज समाप्त पार्न यसपालि परिवर्तन नै चाहिने भएकोले स्वतन्त्रको पक्षमा उभिने बताए । उनले गुण्डाराजको चपेटामा आफु मात्र नपरी क्षेत्र नम्बर १ का जनताका साथ साथै अधिकांश पर्सेली जनता पर्ने गरेको दुखेसो पोखे । जसका कारण यसपालि परिवर्तन बाहेक केही बिकल्प नरहेकोले स्वतन्त्रको पक्षमा उभिने तयारी गरिसकेको दावी गरे ।
न्याय र अन्याय मात्र नभई भ्रष्टाचार बिरुद्ध अवाज उठाउदै आएका एक युवकले नेपाल र भारतको सीमा नजिकै रहेको संकराचार्य गेट अगाडी लगाइएको नेपालको राष्ट्रिय झण्डाको बिषयमा अवाज गठाउदै आएका छन । विकासको नाममा लगाइएको राष्ट्रिय झण्डा च्याथेको बिषयमा समाजिक संजाल फेसबुकको माध्यमले लाइभ गरिरहेकै बेला केही व्यक्ति गुण्डागर्दी शैलीमै ति युवक माथि आक्रमण गरेका थिए । गुण्डागर्दी शैलीमा आक्रमण गरेका ति युवकलाई प्रहरीले पक्राउ नगरी भ्रष्टाचार बिरुद्ध अवाज उठाएका ति युवकलाई उल्टै प्रहरीले ३० मिनेट जति नियन्त्रणमा राखेर रिहा गरेको थियो ।
सत्ता र कुर्सीमा बसेका नेताहरुलाई संरक्षण गर्दै आएको प्रहरीहरुले समेत राजनीति इशारामा हिड्ने गरेको उक्त घटनाले प्रमाणित समेत गरेको थियो । तर सत्ताको लोभमा पुनः निर्वाचनमा उम्मेदवारी दिएका ति नेतालाई बहिस्कार गर्दै यसपालिको निपर्वाचनमा स्वतन्त्रको पक्षमा उभिने समाजिक संजालमै उल्लेख गरेको पाइन्छ ।
पर्सा जिल्ला क्षेत्र नम्बर १ का अधिकांंश मतदाताले यसपालिको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा परिवर्तन गर्ने अडान नै लिएका छन । परिवर्तन नगर्ने हो भने गुण्डाराज यथावत रहि रह्ने, भ्रष्टाचारीलाई भ्रष्टाचार गर्न फेरी छुट हुने, मधेस बिरोधी पार्टीमा गएर मधेसी जन समुदाय माथि फेरी दमन हुने जस्ता अभिव्यक्ति मतदाताहरुको तर्फबाट आउन थालेको छ । मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा स्वतन्त्रतर्फको जन लहर बढ्दै गएको देखिन्छ ।

Leave A Reply

Your email address will not be published.