Ultimate magazine theme for WordPress.

गाैडैता नगरपालिकालाई नमुनाका रूपमा बनाउने : मेयर यदाव

581

राजेश कुश्वाहा
सर्लाही ३ जेष्ठ । ठुलो सोच बोकेका काम गर्न फूर्तिलो र जाँगरिलो देखिएका सर्लाही गाेडैता नगरपालिकाकाे मेयर देवेन्द्र कुमार यादव छोटो समयमै जनताको काम गर्न र मन जित्न सफल भएका छन । जुनसुकै वेला भएपनि जनताको सेवामै लागेकोले मेयर यादवकाे काम गर्ने शैली प्रति कुनै नगरबासीको गुनासो छैन । काम लिएर आउने जो सुकै सेवाग्राहीको मर्म अनुसारको गुनासो सुन्ने र हुने कुरा तत्कालै सम्बोधन गर्ने उनको बानि भईसकेकाे छ ।राजपा नेपाल पार्टीबाट निर्वाचित भएदेखी नै उनले सवै पार्टीलाई मिलाएर अगाडि हिडेका छन ।
बिकासको कुरामा सवै सचेत र प्रबुद्ध बर्गको उनलाई सहयोग र समर्थन छ ।केही ब्यक्तीले बिरोध गरेपनी उहाँको बिकास अगाडि बिरोधिको बिरोध झुकेको छ। काम गर्ने शैलीमा मेयर यादवले राजनीतिक पूर्वाग्रह देखिदैन। नगपालिकाका अधिकृत एव नेपाल सरकारका उप सचिब विकाउ यादव, यस्तै जनताको काम गरि जाने हो भने उहाँको लोकप्रियता अझ बडदै जान्छ । । विकास प्रेमी मेयर भई काम गरिरहेकोले होलामेयर यादवलाई लोकप्रिय र बिकास पुरूष मेयरको रूपमा प्रख्यात भईरहेका छन ।गाैडैता न.पा. ३ जयपुर का राधेश्याम कुशवाहाले मेयर साहबको काम गर्ने शैलीले उहाँको कार्य क्षमताको चौतर्फी प्रशंसा भएको बताए । जनताको साेच अनुसार नै विकासका सबै काम गर्न हरपल त्यार रहेको देखिन्छ ।
२ बर्षको छोटो अवद्यीमा धेरै योजनाहरू ल्याएर उहाँले जनताको मन जित्नु भएको न.पा.स्वास्थ्य शाखाका संयाेजक प्रमाेद पंडितको पनि भनाई छ । मेयरसाहबले कार्यकाल सम्हालेपछि सयकडौ योजना ल्याएकोमा सवै योजनाको सम्झौता पुरा भएका छन । जुन योजनाहरू यतिवेला संचालनमा छन । शिक्षा, स्वास्थ्य, सडक निर्माण, कृषी लगायतका बिकास निर्माणका कार्यमा यो प्रगती देखिएको छ ।आफ्नो ५ बर्षे कार्यकालमा “समृद्ध सुन्दर गाैडैता नगरपालिका लाई नमुनाका रूपमा बनाउने उनले प्रण गरेका छन । मेयर यादवले भने , “जनहित हुने काम गरेर देखाउने छु ।” यो मेरो सपना हो । भबिस्यमा नयाँ योजनाका चाडै निर्माण गरिने छ।नगरपालिकाबाट प्रवाह हुने सेवा प्रवाहलाई थप चुस्त, दुरूस्त बनाउनको लागि अनलाईन सेवा विस्तार गरिएको छ ।, सामाजिक सुरक्षा भत्तालाई थप व्यवस्थीत बनाउनका लागि पूर्ण बैंकीङ पद्धती,मार्फत नै वितरण गरिन्छ ।सांस्कृतिक सम्पदाको सुरक्षा सहितको विकासमा पनि वहाँ काे भुमिका मठ, मन्दिर बनाउने ,पुजा पाठ गर्न मन्दिर ,मस्जिद , सौन्दर्यकरन र बिकासमा जोड दिने थप योजना छ। त्यस्तै आगामी आ.व. देखि गैडैता नगरपालिकालाई व्यवस्थित नगरपालिकाकाे रूपमा परिवर्तन गर्न प्रत्येकवडामा कालोपत्रे गर्ने , साना र टुक्रे योजनालाई निरूतसाहित गर्दै ठूला प्रकृतीका योजनामा लगानी गर्ने , वाहिरबाट अाएकाे सहयोगबाट संचालन हुने छ।नगरपालिकाकाे प्रत्येक गरिव,निमुखा अपांग हरूलाई सबैभन्दा बडी प्राथमिकताका साथ सहयोग गर्दै छु । अति विपन्न व्यक्तिहरूलाई अाैषधि खर्च पनि सक्दाे सहयोग गर्दछर मेयर देवेन्द्र कुमार यादवले जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.