Ultimate magazine theme for WordPress.

गढिमाइ मेलामा सिसिटिभी केमराले चोरहरूको गिरोहलाइ सास्ती

3,569

उमेश दुबे
बारा, १७ मन्सिर / विश्वकै एतिहासिक मेलाको रूपमा मानिएको गढिमाइ मेलामा सिसिटिभी केमराले चोरहरूलाइ सास्ती खेप्नु परेको छ । गढिमाइ मेलामा चोरहरूको बिगबिगी बढ्नसाथ सिसिटिभिले गर्दा चोरहरूको गिरोह पक्राउ पर्नसाथ चोरहरूलाइ सास्ती खेप्नु परेको हो ।
गढिमाइ मेलामा करीब ९० वटा भन्दा बढी सिसिटिभि केमरा जडान गरिएको छ भने ग्रामिण भेगमा ५० भन्दा बढी सिसिटिभी केमरा जडान गरिएको छ । सिसिटिभि केमराको माध्यमले स्थानियदेखि जिल्लाभरीका प्रहरीहरू निगरानी समेत बढाएको छ । सिसिटिभि केमराको निगरानीले करीब ५० भन्दा बढी पाकेटमारहरू पक्राउ गरेको समेत सर्वबिधितै छ ।

महागढीमाइ नगरपालिकाको सहयोगमा विश्वकै ख्याती प्राप्त केमरा हिकभिजन ब्रान्ड बिरगन्ज स्थित अथोराइज्ड डिलर कोडपलेक्स आइटी इन्टर प्राइजेज अपटिक फाइबरको माध्यमले ५ दिन भित्र ९० वटा भन्दा बढी सिसिटिभी केमरा जडान गरेको छ । सिसिटिभी केमराले गर्दा सुरक्षा ब्यवस्थामा सहज भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक बिकासराज खनालले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.