Ultimate magazine theme for WordPress.

खुल्ला मञ्चमा मेयर राजेशमान र उपमेयर इम्तियाजले लिए सपथ

87

पर्सा, १२ जेष्ठ / वीरगंजको पुरानो बसपार्क परिसरमा बिहिवार आयोजना भएको खुल्ला समारोहमा मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगंजका नवनिर्वाचित मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमले पद तथा गोपनियतको सपथ लिएका छन । वीरगंजमा आयोजित खुल्ला समारोहमा हजारौ नगरवासीको बिच नवनिर्वाचित मेयर सिंह र उपमेयर आलमले पद तथा गोपनियतको सपथ लिएका हुन ।
मेयर राजेशमान सिंहले प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलबाट पद तथा गोपनियतको सपथ लिए भने नवनिर्वाचित उपमेयर इम्तियाज आलमले मेयर सिंहबाट पद तथा गोपनीयताको सपथ लिएका हुन । सो कार्यक्रममा मेयर र उपमेयरले पद तथा गोपनियतको सपथ लिन लगतै राजेशमान सिंहले ३२ वटै वडाका वडाअध्यक्ष र वडा सदस्यलाई सपथ खुवाए ।
वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चछलराज पाण्डेको अध्यक्षतामा भएको समारोहमा पुर्व उपप्रधानमन्त्री एंव जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदी, प्रदेशका मन्त्री ओम प्रकाश शर्मा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज बहादुर पोखरेल लगायत हजारौको संख्याका वीरगंजेली जनताको उपस्थित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.