Ultimate magazine theme for WordPress.

‘क्रिसमस डे’ मनाइरहँदा हिन्दुवादीहरुद्वारा सुदूरपश्चिम ठप्प

109

धनगढी, १० पुस । इसाई धर्मावलम्बीहरुले ‘क्रिसमस डे’ मनाइरहँदा हिन्दुवादीहरुले आइतबार सुदूरपश्चिम ठप्प पारेका छन् । कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गाई मारिएको विरोधमा हिन्दुवादीहरुले आइतबार सुदूरपश्चिम बन्द गराएका हुन् । बन्दका कारण सुदूरपश्चिमको जनजीवन विहानैदेखि प्रभावित भएको छ । बन्दको सबैभन्दा बढी प्रभाव कैलालीमा परेको छ ।

हिन्दूवादी सङ्घसङ्गठनले धनगढी लगायत विभिन्न ठाउँमा विहानैदेखि प्रदर्शन जारी राखेका छन् । उनीहरुले गौ हत्याको छानबिन गर, चर्च निर्माण रोक लगाउँ, नेपाललाई हिन्दू राष्ट्र कायम गर लगायतका नारा लगाउदैँ प्रदर्शन गरिरहेका छन् ।

राप्रपा, हिन्दु जागरण युवासंघ नेपाल कञ्चनपुर, हिन्दु जागरण युवासंघ नेपाल कैलाली, राष्ट्रिय मठ मन्दिर समन्वय महासमिति, लक्ष्मीनारायण मन्दिर कैलाली, हिन्दुराष्ट्र संरक्षण संघर्ष समिति कैलाली, गौ–संरक्षण समिति लगायतले बन्द आयोजना गरेका हुन् । बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै ठप्प भएको छ ।

धनगढी–डडेलधुरा सडक अन्तर्गत चुरे पहाडमा पर्ने भ्यागुते सडकखण्ड आसपासमा पाँच दिनअघि मरेका गाईगोरु फेला परेका थिए । कञ्चनपुरको वेदकोट नगरपालिका क्षेत्रमा रहेका छाडा गाईगोरुलाई राति ट्रकमा राखेर भ्यागुते सडकखण्डमा पु¥याएर छाडिएको बताइएको छ । ती गाईहरु मारेर फालिएको भन्दै हिन्दुवादीहरु आन्दोलित भएका हुन् ।

घटनाका सम्बन्धमा चौपाया ढुवानी गरी भ्यागुतेसम्म पु¥याउने ट्रकका चालकसँग सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्गन्ध नफैलियोस् भनेर मरेका चौपायालाई खाल्डो खनेर पुरिएको छ ।

Leave A Reply

Your email address will not be published.