Ultimate magazine theme for WordPress.

क्राइम टोलीको सक्रियताले एक हप्ता नबित्दै लाखौ बराबरको मालसमान बरामद

293

उमेश दुबे
पर्सा, ५ असार ÷ देश लगायत विश्वभरीमा तान्डव मचाएको कोरोना आतंकको बेला पर्सा जिल्लाको क्राइम टोलीको सक्रियता बढेपनि ग्रामिण भेगका प्रहरीहरु कमाई खाने भाडो बनाएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीको सक्रियता बढेपनि ग्रामिण भेगमा रहेका प्रहरीहरु कमाई खाने भाडो बनाएका हुन ।
लक डाउन खुकुलो हुनसाथ जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीले लागु औषध लगायत लाखौ बराबरको मालसमन पक्राउ गरेपनि ग्रामिण भेगमा रहेका प्रहरीहरुको प्रगति खासै हेरिएको छैन । जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीलाई बिशेष सूचना आउनसाथ छोकडा सहितको ट्रयाक्टर, ठेला गाडा सहित ज्वानो बरामद, लागु औषध सहित मानिसलाई पक्राउ, तस्करीमा संलग्न मानिस पक्राउ, डिजल बोकेको ट्रयाक्टर सहित एक जना पक्राउ गर्नुृको साथै लागु औषध गाजा सहित २ जनालाई पक्राउ गर्न सफल भएपनि ग्रामिण भेगका प्रहरीहरुको प्रगति खासै हेरिएको छैन ।
भंसार छली छोकडा लगायतका मालबस्तु ट्रयाक्टरमा लोड गरी नेपालबाट भारततर्फ लैजादै छ, भन्ने विशेष सुचनाको आधारमा मंगलवार साझ करिब ८ बजेको समयमा क्राइम टोलीले नियन्त्रणमा लिन सफल भएको थियो । बीरगंज महानगरपालिका वडा नं.१६ ईनर्वा स्थितबाट ना.३ त ७०० नं.को ट्रयाक्टरमा छोकडा, मरिच र केराउ गरी अन्दाजी मुल्य रु. ६ लाख ४९ हजार ६ सय बराबरको सामान फेला पारी उक्त सामान सहित चालक जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१६ ईनर्वा बस्ने जगदेव पटेलको छोरा वर्ष ३६ को बिरेन्द्र पटेललाई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
सोही दिन रातिको ८ बजेको समयमा क्राइम टोलीले वीरगंज महानगरपालिका वडा नं. १० स्थितबाट अवैध रुपमा भंसार छली नेपालबाट भारत तर्फ २ वटा ठेला गाडामा लैजादै गरेको ज्वानो १५ बोरा अ.रु.१ लाख ३८ हजार ७ सय ५० रुपैया बराबरको ठेला गाडा र ज्वानो सहित आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
जुन दिन क्राइम टोली जाग्छ त्यो दिन तान्डव मचाउने गर्ने गरेको कथन झै बुधवार नै रातिको करिब ११ बजेको समयमा बिशेष सूचना आउन साथ छिपहरमाई गाउपालिका वडा नं. ३ जयमंगलापुर स्थितबाट ट्रयाक्टरमा डिजल बोकी भारततर्फ जादै गरेको अवस्थामा क्राइम टोलीले बरामद गर्न सफल भएको पर्सा प्रहरीले जनाएको छ । ना १ त ४५४३ नम्बरको ट्रयाक्टरमा लोड गरी भारततर्फ लगिरहेको अवस्थामा छिपहरमाई गाउपालिका वडा नम्बर ५ बस्ने विश्वनाथ पटेलको २३ बर्षिय छोरा संतोष पटेललाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको हो । १ हजार लिटर डिजल लोड रहेको ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिई अवाश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले धमाधम कार्य गर्दै आएपनि स्थानीय प्रहरी चौकी लगायत ग्रामिण भेगमा रहेका प्रहरी चौकीहरुले खासै पहल नगरेको देखिन्छ । तस्करी लगायत अपराधी गतिविधि बढ्न नदिन सोचका साथ प्रहरी प्रमुख लागेपनि उहाकै प्रहरीहरु विफल गर्न समेत पछि हटेको बारे दुई मत छैन । जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम टोलीले अवैध सरसमान सहित अपराधी क्रियाकलाप समेत हुन नदिन सोचका साथ लागेपनि ग्रामिण भेगका प्रहरी कमाण्डरहरु माथि पनि निगरानी गर्न जरुरी देखिन्छ ।

Leave A Reply

Your email address will not be published.