Ultimate magazine theme for WordPress.

कोरोना कहरको बेलापनि प्रहरीको लापरवाही किन छ कायमै

330

उमेश दुबे
वीरगंज÷ हाम्रो देश नेपाल सानो भएपनि एउटा असल र इमन्दार नागरिक भएको चिनिने देश मध्ये एक मानिन्छ । तर नेपालको सोझा साझा जनतालाई ठगि बिकासको लोभ लालच दिएर चुनाव जितेर गएका नेतागणको ईशारामा प्रहरी संगठन चलिरहेकै कारण प्रहरीको लापरवाही रुक्न नसकेको बुझिन्छ । प्रहरी संगठन इमन्दार भए देशको सुख शान्ति कसैले खोस्न नसक्ने हैसियत रहेको नेपाल देश हालको समयमा राजनीतिकर्मीहरुकै कारण काम कारवाहीमा फितलो रहेको महसुस गरिन थालिएको हो ।
सिंगो नेपाललाई टुक्रयाई ७ प्रदेशसम्म पु¥याउने राजनीतिकर्मीकै इशारामा हालसम्म प्रहरी संगठन चलिरहेको बारे दुईमत नरहेको बुझिन्छ । राजनीतिकर्मीहरुको लागि हामी देशको सानो नागरिकको रुपमा छौ तर चुनावको बेला हात खुट्टा जोड्दै घरदैलोसम्म पुग्ने नेताहरु आफ्त बिपतको समयमा आ—आफनै दुलोमा लुक्ने समेत गरेको हेरिएका छौ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा टेन्डर प्रकृया पु¥याई प्रदेश नम्बर २ मा आउने गरेको पछिल्लो तथ्यांकबाट समेत प्रष्ट भएको कुरा हो ।
हाल नेपाल लगायत विश्वभरी फैलिएको कोराना भाइरसको कहरको बिषयमा सबै पाठक वर्ग लगायत नेपाली नागरिकहरुलाई अवगत भएको कुरा हो । नेपाल र भारतको सीमा पूर्ण रुपले ठप्प रहेको बिषयमा व्यापक रुपमा प्रचार प्रसार भएको समेत हेरियो । तर टेन्डर प्रकृयामा आएका प्रहरी अधिकारीहरुलाई समस्या समेत थपिएको यहि लक डाउनको समयमा हेरिएको छ ।
नेपाल र भारतको सीमाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलमा समेत राजनीति प्रवेश गर्दा टेन्डर प्रकृया झै प्रदेश नम्बर २ को बिभिन्न जिल्लाहरुमा जिल्ला प्रहरी प्रमुखको रुपमा चयन गरिएको समेत प्रष्ट भएको छ । सशस्त्र प्रहरी बल संगठन भित्र रहेका पदाधिकारीहरुको घुसखोरी लगायत भ्रष्टाचारी गरेको अभियोग लाग्नसाथ कारवाहीको दायरामा ल्याउने गरेको समेत पछिल्लो तथ्यांकले हेराई सकेको समेत हेरिन्छ । तर पार्टीको सभापतिकै आफ्न्त भएको कारण कतिपय सशस्त्र प्रहरीका कर्मचारी माथि केही कारवाही नहुने गरेको समेत पर्सा जिल्लाको घटनाले प्रष्ट पारेको छ ।
हो त्यस्तै नेपाली कांग्रेस पार्टीका सभापति शेर बहादुर देउवाको ज्वाई भन्दै हिडने पर्सा जिल्लाका सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरको घटनाले संगठन नै राजनीतिको दवाबमा परेको उजागर समेत गरिसकेको छ । संगठन भित्र राजनीति प्रवेश नगरेको भए सशस्त्र प्रहरी उपरीक्षक कारवाहीको समेत भागिदार बनि सक्थे होला । नेपाली कांग्रेस पार्टीका सभापतिको नाम बेच्दै हिडने र संगठन भित्रै रहेका उच्च अधिकारीहरुलाई समेत सशस्त्र प्रहरी उपरीक्षक कुवरले धमकाउदै हिडेकै कारण कारवाही हुन नसकेको बताइन्छ ।
हाल मुलूक लगायत विश्वभरी कोरोना भाइरसको चपेटामा छ । तर सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवर र वीरगंज भन्सार राजस्व गस्ति टोलीका प्रमुख अमर खत्रीले यस्तो महामारीको समयमा पनि तस्करी गराउने कार्य के कति देशको लागि सुरक्षा हुने हो, यो संगठनका प्रमुख लगायत नेपाली नागरिकलाई अवगत भएको कुरा हो । आखिर यो कस्तो सुरक्षा हो ? कस्को सुरक्षा हो ? बुझनै गारो भएको छ ।
सशस्त्र प्रहरी बल संगठनका प्रमुख आईजीपि शैलेन्द्र खनाल एउटा असल र इमन्दार आइजीपिको रुपमा रहेको बिषयमा दुईमत नरहेपनि यस्तो महामारीको बेला भ्रष्टाचारको सीमा नाघेका सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरलाई दायरामा ल्याउन नसकेको कारण समेत बुझिन नसकेको छैन । सशस्त्र प्रहरी बल संगठन प्रमुखमा आईजीपि शैलेन्द्र खनाल चयन भए पश्चात देश बिदेश समेत वाहवाही कमाएपनि नेपाल भित्रै रहेका आफ्नै मातहातका सशस्त्र प्रहरी उपरीक्षकलाई कारवाही समेत गर्न नसक्नु संगठन माथि नै प्रश्ण चिन्ह खडा भएको छ ।
जति इमान्दार भएपनि संगठनको प्रमुखको लागि राजनीतिकर्मीहरुको झेला उठाउनमा समेत पछि नहट्ने समेत हेरिएका छौ । तर संगठन प्रमुखको रुपमा चयन भएपनि नेताहरुकै झोला उठाउनै पर्ने अवस्था समेत सिर्जना भएको समेत यहि घटनाबाट प्रष्ट भएको देखिन्छ ।
कति जनाले आफु माथि बिभिन्न किसिमका आलोचना समेत गर्लान तर एउटा कुरा म के भन्न चाहन्छु भने सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरको हुन म चिन्दीन पनि, न चिनजान गर्न इच्छा छ । किनभने मेरो देशको लागि बिना वर्दीको सिपाही हो नेपाली जनता । जुन न त सशस्त्र प्रहरी उपरीक्षक कुवरले बदलीन सक्छ न त कुनै संगठनले । सीमाको सुरक्षा सशस्त्र प्रहरी भन्दा पनि सीमामा बसेका नेपाली नागरिकहरुले सुरक्षा गरेको बिषयमा दुईमत छैन ।
संगठनले सीमाको सुरक्षाको निम्ति जिम्मेवारी व्यक्ति तोकेर पठाएपनि सीमामा आएर चन्दा आतंक लगायत बिभिन्न अपराधी गतिविधिलाई समेत बढावा दिने गरेको बिषयमा हामी बिभिन्न संचार माध्यममा पढिसकेको कुरा हो । नेपाल प्रहरी संगठन होस अथवा सशस्त्र प्रहरी बल संगठन भित्र जबसम्म राजनीति दवाब हुन्छ तबसम्म तस्करी लगायत अपराधी क्रियाकलाप रोक्न सोच्नु समेत पाप हुन्छ । प्रहरीले मात्र राजनीतिकर्मीको लागि काम मात्रै नगरी नेपाली जनताको लागि ५० प्रतिशत मात्र काम गरि दिएको भए हाम्रो देश नेपाल सुख र शान्ति भनेर चिन्नमा बेर लाग्दैन भन्ने बिश्वास समेत मइले लिएको छु ।
वास्तवमा प्रहरीले इमान्दारीता पूर्वक नै काम गरेको छ भने नेपाल र भारतको सीमा हुदै ७२ जना भारतीय नागरिक कसरी नेपाल भित्रिए ? लक डाउनको अवस्थामा पनि पर्साको अलौमा तस्करीको बिषयलाई लिएर कसरी गोली चल्यो ? नेपालकै मुख्य नाका भनेर चिनिने वीरगंज भन्सारको मुल गेटबाटै तरकारीको गाडीमा कसरी हुदै छ रजनिगन्धाको तस्करी ? रजतजन्ती चौकबाट नेपाल प्रहरीले कसरी ग¥यो एक ट्रक (५) सय बोरा छोकडा बरामद ? यस्ता धेरै किसिमका प्रश्णहरु उठिरहेको अवस्था छ ।
कुनै जिल्लामा कमाण्ड संभाल्नसाथ आफ्नो बुवा बाजेको पावर फुर्ती लगाउदै नहिडेर सोझा साझा नेपाली जनताको लागि ५० प्रतिशत पनि इमान्दारीताले काम कारवाही गरि दिएको भए हालसम्म सायद कोरोना संक्रमितको संख्यामा बृद्धि समेत आउन सकिन्थे न होला । मेरो कुनै संगठन संग बिवाद छैन, कुनै व्यक्ति संग रिसिभि छैन तर मेरो अपिल मात्र यतिकै छ की आफ्नो देश र आफनो जनताको लागि खटिएका प्रहरीहरु इमान्दारीता पूर्वक कार्य गरि दिए सबै नेपाली नागरिक अमन र चयनको आन्नद लिन सकिन्थे होला । धन्यवाद । जय नेपाल

Leave A Reply

Your email address will not be published.