Ultimate magazine theme for WordPress.

केही रकमको लोभमा पक्राउ भएको ६ बोरा मरिचलाई सशस्त्र प्रहरीकै सहयोगमा छाडियो

558

उमेश दुबे
पर्सा, १३ जेष्ठ ÷ हाथिको हेराउने मुख अर्कै खाने मुख अर्कै भन्ने झै भएको छ वीरगंज भन्सार राजस्व गस्ती टोली । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा राजस्व गस्ति टोलीका प्रमुख तिलक खडका लागे पश्चात वीरगंज भन्सार क्षेत्र तस्करहरुको अखडा बन्दै गएको छ । नेपाल र भारतको सीमा नाकामा ब्यापक रुपमा तस्करी बढ्नसाथ सशस्त्र प्रहरी बल, प्रदेश नम्बर २ का प्रमुख डिआईजी प्रविण श्रेष्ठले सीमा नाकामा खटिने सादा पोशाकको टोलीहरुलाई धमाधम कारवाही गर्न थालेपनि डिएसपी खडकाले सशस्त्र प्रहरी जवान भरत लामिछानेलाई नियुक्त गरेको ब्यापक रुपमा चर्चाको बिषय बनेको हो ।
नेपालकै आर्थिक नगरी भनेर चिनिने वीरगंज नाका तस्करहरुको अखडा बनेको बिषय कुनै नौलो कुरो होइन । तरपनि सशस्त्र प्रहरी संगठनकै निति निर्देशनलाई खिल्ली उडाउदै सशस्त्र प्रहरी नायब उपरीक्षक खडकाले मनोमानी पाराले सादा पोशाकमा टोली परिचालन गरीएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार बारा र पर्सा जिल्लाको सीमा नाकाहरुबाट ब्यापक रुपमा तस्करी बढेको बारे बिभिन्न संचार माध्यममा समाचार आउन थालेपछि जेष्ठ ११ गते डिआईजी प्रविण श्रेष्ठको टोली वीरगंजको नाकातर्फ प्रस्तान गरेको जनाइएको हो । डिआईजी श्रेष्ठले सीमा नाकामा आउनसाथ ३ घण्टा नबितिदै करिब २० लाख बराबरको मालसमान पक्राउ गर्न सफल भए ।
वीरगंज भन्सार राजस्व गस्ती टोलीले करोडौको तस्करी हुने ठाउहरुमा लाखौको मालसमान बरामद गर्नु कुनै नौलो नरहेको श्रोतको दावी रहेको छ । तस्कर संगठनहरुले लाखौ बराबरको महिनवारी डिएसपी खडकालाई दिनसाथ तस्करी गरिरहेको तस्करले नै बताउछन् । केही महिनामा सरुवा हुने डिएसपी खडका, हालको समयमा मोटा रकम बुझे पश्चात केराउ, मरिच, कपडा, हार्डवेयर लगायतको लाइन भन्सार अगाडीबाट नै दिएको श्रोतको दावी रहेको छ ।
आज साझ करिब ५ बजेको समयमा वीरगंजबाट रक्सौलतर्फ गइरहेको ६ वटा बोराको मरिच राजस्व गस्ति टोलीले पक्राउ गरेपनि केही मोटो रकमको लोभमा डिएसपी खडकाले २ घण्टा नबितिदै छाडिएको ब्यापक रुपमा चर्चाको बिषय बनेको छ । साझ करिब ५ बजेको समयमा पक्राउ भएको मरिच साझ ७ बजेर २० मिनेटमा पुन ः तस्करकै जिम्मा लगाइएको बताइएको छ । उक्त मरिच वीरगंजको कुख्यात तस्कर श्रवण अग्रवालको रहेको श्रोतको दावी रहेको छ । डिएसपी खडका भन्सार आउनसाथ तस्कर अग्रवालको नजिक रहेको बताइन्छ । तस्कर अग्रवालले प्रयोग गर्ने कार समेत डिएसपी खडकाले प्रयोग गर्दै आएको श्रोतको दावी रहेको छ ।
वीरगंज भन्सार मुल गेटबाट मरिच तस्करी गर्नको निम्ति तस्कर अग्रवालले लाखौको महिनवारी डिएसपी खडकालाई दिदै आएको आफ्नो नाम नछाप्ने सर्तमा सशस्त्र प्रहरी श्रोतले जनाएको छ । सशस्त्र प्रहरी संगठनकै निति निर्देशनलाई खिल्ली उडाउदै आफ्नो मनोमानी तरिकाले सीमा नाकालाई प्रयोग गर्दै आएका डिएसपी खडका माथि आईजीपि शैलेन्द्र खन्नालको ध्यान जान अति आवश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.