Ultimate magazine theme for WordPress.

किर्ते उपस्थिति र किर्ते हस्ताक्षर गरि वडा अधिवेशन

57

पर्सा, ७ मंसिर / बाराको परवानिपुर गाउपालिका वडा न ५ बहुअरीमा आफ्नो पक्षमा कृयाशिल सदस्य कम रहेकोले आफ्नै पक्षको बुथ सभापति निर्वाचित गराउनका लागि लालबाबु यादवको पक्षले पैसाको बलमा गोप्य स्थानमा जालसाजी वडाको अधिबेशन गराएको कुन्जबिहारी कुर्मी पक्षको नेता तथा कर्याकर्ताले आरोप लगाएका छन ।
पत्रकार माहासंघ पर्साको सभाहलमा बोल्दै कुर्मीले थप ९ जना कृयाशिल सदस्यको बिबादले कार्तिक २९ गते स्थगित भएको वडा अधिबेशन सोहि दिन रातिमा गोप्य स्थानमा उपस्थित नै नभएको ब्यक्तिको किर्ते उपस्थिति र किर्ते हस्ताक्षर गरि मैनेटिङ्ग तयार गरि पार्टीको प्रमुख निर्वाचन अधिकृत राजन दाहाल समक्ष पेश गरे लगतै अर्को कुर्मी पक्षले बिरोध गर्दा निर्वाचन अधिकृत दाहालले बदर गरि मंसिर २ गते निर्वाचनको मिति तय गरेको थियो ।
मंसिर २ गते कुर्मि पक्षले निर्वाचन हुने स्थानमा बिहान १० बजे देखि दिउसो ४ बजे सम्म निर्वाचन अधिकृत उमाशन्कर यादव सङ्ग सम्पर्क गर्दा अधिकृत यादव सम्पर्क बिहिन भएको र प्रमुख निर्वाचन अधिकृत राजन दाहाल सङ्ग पनि सम्पर्क गर्दा आलटाल गरि कुरा गरेका थिए ।
निर्वाचन अधिकृत राजन दाहाल, नेपाली काङ्ग्रेस बारा क्षेत्र न. ४ का क्षेत्रीय सभापति सुनिल गुप्ता ,जिल्ला सभापति जयचन्द्र चौरसियाले यादव पक्ष सङ्ग पैसा लिइ किर्ते र जालझेल गरेको पत्रकार सम्मेलनमा कुर्मी तथा उन्का कर्याकर्ताले आरोप लगाएका थिए ।

Leave A Reply

Your email address will not be published.