Ultimate magazine theme for WordPress.

कलैया वीरगंज सडक खण्ड ठप्प

208

उमेश दुबे
बारा, २६ माघ / शुक्रवारदेखि परेको अबिरल बर्साका कारण कलैया बिरगंज सडक ठप्प बनेको छ । बर्साका कारण सडक हिलाम्य भएको र सडकमै पानी लाग्दा सडक ठप्प बनेको हो ।
देशको विभिन्न स्थानहरूबाट कलैया आउने सवारी साधन लगायत छोटो दुरि बिरगंजबाट समेत चल्ने सवारी साधन ठप्प रहेको छ । हिलाम्य भएपछि सवारी साधन गुडन नसक्दा सयौ यात्रीहरु सडकमै अलपत्र परेका छन भने सवारी साधनहरु बाटोमै लाम लाग्न बाध्य भएका छन । गाडी नआउँदा बीरगंज र कलैयाबाट प्रकाशित हुने पत्र पत्रिकाहरु सदरमुकाम कलैयासम्म नआउँदा पत्रिका पढने पारखीहरु पनि निराश बनेका छन ।
हुलाकी सडक खण्डका ठेक्का पाएका ठेकेदारको चरम लापरवाहीका कारण सडकको दुर्दशा भएको तरुण दलका जिल्ला अध्यक्ष लुकेश सिहले बताउनु भयो । ठेकेदारले एकातर्फको सडक निर्माण गर्नुको सट्टा नियम विपरित एकै पटक चारैतिर माटो हालेको कारण यात्रुहरुलाई शास्ती खेप्नु परेको छ भने अर्का तिर साइकल मोटरसाइकल, एम्बुलेन्सहरु समेत गनतव्य तिर जान नपाएको अध्यक्ष सिहको आरोप रहेको छ ।
यो भन्दा अगाडी सडकमा धुलै धुलो, खाल्डोका कारण १ बर्षमा दर्जनौ व्यक्तिहरुको मृत्यु समेत भैसकेको सर्वबिधितै छ । कलैया बिरगंज सडकमा घटनाको वृद्धि भएपनी सरोकारवला मौन रहेका छन । हुलाकी राजमार्ग अन्तर्गत निर्माण भैरहेको सडकमा सभन्दा बढी लापरबाही सडक कार्यालय कै रहेको आरोप स्थानियवासिले लगाएका छ्न । ठेकेदार कम्पनिलाइ कारवाही नगरी दिदा सभन्दा ठूलो लपारवाही सडक कार्यालयको रहेको आरोप लगाएका छन ।

Leave A Reply

Your email address will not be published.