Ultimate magazine theme for WordPress.

कर कार्यालयको टोली बजारमा आउदा अधिकांश पसलहरु बन्द

166
रितेश पटेल
पर्सा, १० पौष ÷ वीरगंज महानगरपालिकाको बजारमा कर कार्यालयबाट आएको अनुगमन टोलीलाई हेर्न साथ अधिकांश पसलहरु धमाधम बन्द हुन थालेका थिए । वीरगंजको घण्टाघर वरिपरीका पसलहरुमा कर कार्यालयबाट आएको टोलीलाई हेरी अधिकांश पसलहरु बन्द भएको हो ।
अनुगमनका लागि कर कार्यालयबाट खटिएको टोलीलाई हेर्नसाथ पसलहरु बन्द हुनु नै कर छलि गरेको बारे प्रमाणित हुन्छ । कर कार्यालयका कर्मचारीहरुको डरले धमाधम पसलहरु बन्द हुनु नै सबै भन्दा ठुलो कर छलि गरेको बारे प्रमाणित हुन्छ । कर कार्यालयबाट खटिएको टोली घण्टाघरको पानमन्डी लगायतका ठाउहरुमा चेकजाच गरिएको बताइएको छ । प्राय प्रत्येक पसलहरुमा चेकजाच गरीएको कर कार्यालयका कर्मचारीले जनाएका छन् । टोलीले बिभिन्न पसलहरुमा चेकजाच गर्दा प्राय मोबाइल पसल संचालकहरु पसल बन्द गरेर पसल नजिकै स्थानिय सरह उभेको थिए ।

Leave A Reply

Your email address will not be published.