Ultimate magazine theme for WordPress.

एसएसपी देउवाको बिदाई कार्यक्रम सम्पन्न

73

बारा, २ श्रावण / जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख पूर्व एसपी तथा हालका एसएसपी दिलिप सिंह देउवाको भव्य रुपले बिदाई कार्यक्रम सम्पन्न भएको छ । युवा बिकाश नेपाल बाराले आयोजना गरेको बिदाई कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सचिव राजेश रौनियारको सचिवालयमा सम्मपन्न भएको हो ।
बिदाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख पदमा रहिरहदा एसएसपी दिलिप सिंह देउवाको कार्यकालमा भएको उन्नती, प्रगति तथा शान्ति सुरक्षा लगायत स्थानीय निर्वाचनमा अहम भुमिका खेलेको बिषयमा वक्ताहरुले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए । सम्मान तथा बिदाइ कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुले मन्तव्य ब्यक्त गरेका थिए । वक्ताहरु जसपाका प्रदेश उपाध्यक्ष सुशील यादव, काङ्ग्रेसका जिल्ला सचिव राजेश रौनियार, मावोवादी केन्द्र कलैयाका अध्यक्ष मुकेश साह, नेबिसघका पुर्ब केन्द्रिय सदस्य रामाकान्त साह, बिपि कोइराला युवा मन्चका अध्यक्ष राजेश सिंह ,पत्रकार उमेश दुबे लगायत नेबिसघका युवा नेताहरु हरि ओम साह, प्रविण पटेल लगायत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम अध्यक्षता बिनय राज शर्मा र सन्चालन अनिल बर्माले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.