Ultimate magazine theme for WordPress.

एम्बुलेन्स चालकलाई मर्यादीत बनाईने, ड्रेसकोड एउटै हुने

115

जन गुनासो सम्वाददात

पुस ८ वीरगंज । सवारी दुर्घट्ना न्युनीकरण र व्यवस्थीत सवारी सञ्चालनको उदेश्यले आज जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले बारा र पर्साका एम्बुलेन्स चालकसँग अन्तक्र्रिया गरेको छ । संयुक्त एम्बुलेन्स चालक संघमा आवद्ध भएका करीब २० जना एम्बुलेन्स चालक सँग अन्तक्र्रिया गरीएको हो । आकस्मीक रुपमा आवश्यक पर्ने एम्बुलेन्सका चालकको लापरवाहिको कारण पनि कतिपय दुर्घट्ना हुने गरेकोले त्यसको न्यूनीकरणको लागि ट्राफिक नियमको पुर्ण जानकारी दिलाउने उदेश्यले अन्तक्र्रिया गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख राजकुमार सिंहले बताउनुभयो । त्यसक्रममा श्रृब्य दृष्य सामाग्रिको माध्यमबाट ट्राफिक नियमहरुको बारेमा जानकारी गराईएको थियो भने एम्बुलेन्स चालकहरुको समस्यामाथि समेत छलफल गरीएको थियो । अन्तक्र्रियाका क्रममा ट्राफीक क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि एम्बुलेन्स चालकहरुलाई समेत मर्यादीत बनाउने र सबैको ड्रेसकोडमा एकरुपता ल्याउने सहमती भएको छ । ग्रामिण भेगबाट बजारमा आउने सर्वसाधरणमा ट्राफिक नियमको जानकारी नहुँदा थप समस्या भएको भन्ने एम्बुलेन्स चालकहरुको गुनासो आएकोले त्यसलाई सम्बोधन गर्न जिल्ला भरी नै ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम सञ्चालनको लागि योजना बनाईएको सिंहले जानकारी दिनुभयो । कार्यक्रममा सामाजिक अभियान्ता र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.