Ultimate magazine theme for WordPress.

एमाले गएका २ जना वडा सदस्य पुन: जसपामै फर्के

87

वीरगञ्ज, ७ वैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा) त्यागेर नेकपा एमाले प्रवेश गरेका नेताहरु धमाधाम पुन: जसपामै फिर्ता आउन थालेका छन् । बुधबार मात्रै जसपा त्यागेर एमाले गएका दुई जना वडा सदस्य पुन: जसपामै फर्केका हुन् ।

जसपा फर्किनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बाट निर्वाचित नगर परिषद् सदस्य मुस्तुफा अन्सारी र वडा नम्बर ५ का नगर परिषद् सदस्य सुरज कुर्मी रहेका छन् । जसपाको नेतृत्वसँग असन्तुष्टिका कारण पार्टी त्यागेर एमाले गएका उनीहरु पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद् प्रदीप यादव र युवा नेता राजेशमान सिंहको विशेष पहलमा फिर्ता आएका हुन् । नेतृत्वले असन्तुष्टिलाई सम्बोधन गर्ने आश्वासन दिएपछि उनीहरु फिर्ता आएको बुझिएको छ ।

फिर्ता आएका दुवैलाई सांसद् यादव र नेता सिंहलगायतले फुलमाला लगाई जसपाको वीरगञ्जस्थित सम्पर्क कार्यालयमा स्वागत गरेका थिए । उनीहरुलाई स्वागत गर्दै सांसद् यादवले नेकपा एमालेले मधेशवादको खोल ओढेर यहाँको जनतालाई झुक्याईरहेको आरोप लगाए । मधेशी जनतामाथि गोली प्रहार गर्ने एमाले आज मधेशवादी बनेर भ्रम फैलाइरहेको उनले बताए ।

त्यसैगरी वीरगञ्ज महानगरपालिकाको जसपाबाट मेयरको उम्मेदवारसमेत रहेका राजेशमान सिंहले मुस्तफा र कुर्मीको प्रवेशले जसपा थप शसक्त बनेको जिकिर गरे । उनले महानगरमा जसपा भारी बहुमतले विजयी हुने दावी गर्दै एमालेको पत्ता साफ हुने बताए । उनीहरुलाई स्वागत गर्नेमा युवा नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल लगायतको रहेका थिए ।

Leave A Reply

Your email address will not be published.