Ultimate magazine theme for WordPress.

एमालेले गलत ढङ्गले राष्ट्रवादको व्याख्या गर्यो, यसले देश भुमरीमा धकेलिन्छ : मन्त्री नायक

46

काठमाडौं,पुष १५ : कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय शङ्कर नायकले नेकपा (एमाले)ले राष्ट्रवादलाई गलत ढङ्गले व्याख्या गर्ने तथा जनतालाई भड्काउने काम गरिरहेको र यस्तो प्रवृत्तिले देश भुमरीमा धकेलिने बताएका छन् ।

रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा बोल्दै उनले लोकतान्त्रिक पद्धतिमा एमाले चल्नुपर्ने बताए । एमालेले लोकतान्त्रिक पद्धतिलार्इ मानेको खण्डमा संसद्मा जारी अवरोध हट्ने र देशले निकास पाउने उनको भनार्इ थियो ।

“एमालेले सस्तो लोकप्रियताका लागि संविधान संशोधनको विरोध गरिरहेको छ”  उनले भने ।

मन्त्री नायकले स्थानीय तहको निर्वाचन राष्ट्रिय आवश्यकता हो र यसका लागि सरकार, प्रतिपक्षसहित सबै दल एक भएर निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा राखे ।

नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले एमालेले देश टुक्रिन्छ भनेर बारम्बार दोहो¥याइ गलत प्रचार गरिरहेकाले एमालेको पछाडि निगरानी राख्नुपर्ने बेला आएको बताए ।

नेकपा (एमाले)का नेता रघुवीर महासेठले एमालेलाई ४० सिटमा विजय गराएर मधेसी जनताले विश्वास गरेको चर्चा गर्दै १० सिट भएको मधेसी मोर्चाबिना पनि स्थानीय निर्वाचन गर्नुपर्ने बताए ।

मधेसी मोर्चाका नेता मनिषकुमार सुमनले संविधान संशोधन प्रस्तावलाई छलफल गर्न नदिएर एमालेले असंसदीय तथा अलोकतान्त्रिक चरित्र देखाएको बताए ।

 

 

Leave A Reply

Your email address will not be published.