Ultimate magazine theme for WordPress.

एमालेको स्वार्थका कारण संविधान संसोधन हुन सकेन : सिचाई मन्त्री गिरी

81

बारा पुस २९ : सिचाई मन्त्री दिपक गिरीले  नेकपा एमालेका कारण संविधान संसोधन हुन नसकेको आरोप लगाएका छन् ।

गढीमाई नगरपालिकाको १४ औ नगर परिषदको उदघाटन गर्दै  बिहिबार सिचाई मन्त्री गिरीले देश र जनताको हित हुने काम छाडेर एमालेले पाटिगत स्वार्थमा लागी मुलुकलाई बन्धक बनाउने काममा अग्रसर भईरहेको भन्दै मुलुकको हितमा उभिन एमालेलाई आग्रह गरे ।

मुलुकमा देखिएका असन्तुष्टिहरुलाई सम्बोधन गर्ने एक मात्र उपाय संविधान संसोधन भएकोले संसोधन पास गर्नमा सहयोग गर्न सबै राजनितिक दलहरुलाई आग्रह गर्नु भयो । संविधान कार्यन्वयन, स्थानिय चुवान मुलुकका लागि अपरिहार्य  रहेको बताउदै मन्त्री गिरीले दलहरु बिचको एकता कायक राख्ने कुरामा जोड दिए । आपसी मतभेदलाई त्यागी सहमति सहकार्य र एकताको माधयमबाट मुलुकको निकास निकाल्ने सबै दलहरुलाई मिल्नुको बिकल्प नरहेको उनको भनाई थियो ।

एक अर्को प्रसंगमा सिचाई मन्त्री गिरीले सिचाईमा आम परिवर्तन गर्ने लक्ष्यका साथ सरकार काम अगाडी बढाई रहेको भन्दै लोड सेट्रिग कम गर्ने गृहकार्यमा लागी परेको दावी समेत गरेका छन् ।

गढीमाई नगरपालिकाको कार्यकारी अधिकृत डिल्लीराज बेलवासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व मन्त्री पुरुषोतम पौडेल, पुर्व राज्य मन्त्री ज्वला कुमारी साह, सासदहरु दिलमाया धामी, मधु शाही, उज्वल बराल, नेपाली काग्रेसका केन्द्रिय सदस्य गुरु घिमिरे लगाएतले शुभकमना मन्तब्य ब्यतm गरेका थिए ।

विभिन्न पार्टीका पार्टी प्रतिनिधी, समाजिक संघसंस्थाका प्रतिनिधी, नागरिक अगुवा, पत्रकार लगायतको सहभमगिता रहेको थियो । आर्थिक बर्ष २०७४/७५ को २० करोड ९९ लाख ३७ हजार अनुमाति रकम नगरको विकासका लागि विनियोजन गरिएको गढीमाई नगरपालिकाका कार्यकारी अधिकृत वेलवासेले जानकारी दिए ।

यसैविच लक्षित वर्गलाई रकम नछुट्याईएको भन्दै विवाद उत्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.