Ultimate magazine theme for WordPress.

एमालेका मधेसी सांसद भन्छन्-२ नम्बर प्रदेशमा पनि पहाड मिसाउँ

100

२६ मंसिर, काठमाडौं । नेकपा एमालेलाई कांग्रेस सभापति शेरवहादुर देउवाले समेत मधेस विरोधी आरोप लगाइरहेका बेला एमालेभित्रका मधेसी नेताहरु के गर्दैछन् ? यो जान्न हामीले मधेसबाट प्रत्यक्ष निर्वाचित एमालेका मधेसी नेताहरुलाई सम्पर्क गर्दा अधिकांश आ-आफ्नै जिल्लामा थिए ।

पार्टीले लिएको मधेस विरोधी नीतिले तपाईहरुलाई चुनाव जित्न अप्ठ्यारो पर्दैन ? यो प्रश्नमा अधिकांशले भने, ‘५ नम्बर प्रदेश बिभाजन गर्दैमा मधेसको मुद्दा सम्बोधन भयो भन्नेहरु नै मधेस विरोधी हुन् । हामी त मधेसका जनतासँगै छौं ।’

संविधान संशोधनले देशलाई दुई कित्तामा विभाजित गरेका बेला एमालेमाथि मधेसी जनताको अपमान गरेको आरोप विपक्षीले लगाए । तराई मधेसका जिल्लाबाट ४६ सिट प्रत्यक्ष चुनाव जितेको एमालेमाथि मधेसको माग सुन्न नचाहेको आरोप पनि लागिरहेको छ ।

तर, एमालेका मधेसी नेता तथा सांसदहरु भने पार्टीले लिएको नीति मधेसी जनताको पक्षमा रहेको दाबी गरिरहेका छन् । सत्यनारायण मण्डल, लालबाबु पण्डित जस्ता मधेसमा एमाले शीर्ष नेतामात्र होइन, प्रत्यक्ष चुनाव जित्ने सांसदहरुको पनि एउटै बोली पाइयो ।

उनीहरुले अहिलेको संविधान संशोधन विधेयकले मधेसको माग सम्बोधन नहुने भन्दै भारत बाहेक कसैले पनि यो विधेयकको समर्थन नगरेको टिप्पणीसमेत गरे । ५ नम्बर प्रदेश विभाजन होइन, २ नम्बर प्रदेशमा भित्री मधेस र पहाडका जिल्ला थप्ने गरी संशोधनको बहस हुनुपर्ने उनीहरुको माग छ ।

मधेसी मोर्चाले तराई मधेसका विभिन्न जिल्लामा एमालेलाई कुनै पनि कार्यक्रम गर्न नदिने भनेर निर्णय गरेका बेला त्यहाँबाट निर्वाचित सांसद भने विकासे योजना बाँडफाँडका लागि जिल्ला-जिल्लामा पुगेका छन् ।

 

Leave A Reply

Your email address will not be published.