Ultimate magazine theme for WordPress.

उल्टा तस्करी सुरु

140

 वीरगंज, २९ माघ : भारतबाट आयातित पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा नेपालमा सस्तो भएको कारण ग्रामीण नाकाबाट तस्करी भइरहेको छ ।

सीमा क्षेत्रसँग जोडिएका लङ्गडी, पोखरिया, महुवनलगायतका पेट्रोलपम्पहरूबाट पेट्रोल, डिजेल तस्कर समूहले भिस्वा, बुडगाईं, अस्वारी, जानकीटोला, दशौता, पाँडेपुर, पिडारीगुठी, महादेवपट्टि, सुवर्णपुर, विजयबस्ती, ठोरीको नाका बाट भारत तस्करी गर्दै आएको स्थानीयले बताए ।

तस्करहरूले साइकल, मोटरसाइकल तथा जीपमा पेट्रोलियम पदार्थ भारतीय बजार भङ्गहा, इनर्वा, मैनाटार, भिस्वालगायतका स्थानमा पु¥याउँदै आएका छन् ।

भारतको विहार राज्यमा पेट्रोल भारु ७३ र डिजेल ५६ प्रतिलिटर रहेको छ । सोको तुलनामा  नेपालमा पेट्रोल प्रतिलिटर १५ र डिजेल १३ रुपैयाँ सस्तो छ ।

Leave A Reply

Your email address will not be published.