Ultimate magazine theme for WordPress.

उत्कृष्ट बाहिनी अवार्ड डीआईजी राजु अर्याललाई

354

उमेश दुबे
पर्सा, ७ माघ / सशस्त्र प्रहरी बल नेपालले यस वर्षको उत्कृष्ट बाहिनी अवार्ड प्रदेश नम्बर २ छिन्नमस्ता बाहिनीलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश नम्बर २ बाहिनीपति डिआइजी राजु अर्याललाइ यस बर्षको उत्कृष्ट बाहिनी अवार्ड दिने निर्णय गरिएको हो ।
१९ औं सशस्त्र प्रहरी दिवसको वार्षिकोत्सवको अवसरमा सो अवार्ड डिआइजी राजु अर्याललाइ प्रदान गरिने भएको छ । प्रदेश नम्बर २ मा डिआइजी राजु अर्यालको काम कारवाहीको तुलना गर्दै सशस्त्र प्रहरी बल नेपालले यस बर्षको अवार्ड डिआइजी अर्याललाइ दिने निर्णय गरिएको हो ।
बाहिनी कार्यालयमध्ये उत्कृष्ट काम गर्नेलाई सो अवार्ड प्रदान गर्ने गरिन्छ । गत बर्षदेखि सशस्त्र प्रहरी बलले उत्कृष्ट बाहिनी अवार्ड दिन थालिएको हो । ८ वटा बाहिनी मध्ये प्रदेश नम्बर २ लाई सो अवार्ड दिने निर्णय गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.