Ultimate magazine theme for WordPress.

उच्च अदालतका लागि ८० न्यायशीश सिफारिस

51

काठमाण्डौं, पुस २९  : न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशहरुको नियुक्ति सिफारिस गरेको छ। विहीबार राति बसेकोे परिषद बैठकले न्यायाधीश सिफारिस गरिएको कानुन मन्त्रालयले जनाएको छ। तर सिफारिस गरिएका न्यायाधीशहरुको नाम भने सार्वजनिक गरिसकिएको छैन।

स्रोतका अनुसार, करिब ८० जना न्यायाधीश नियुक्तिको सिफारिस गरिएको छ। ‘सबै विवरण आएपछि मात्र नामावली सार्वजनिक हुनेछ,’ न्याय परिषद प्रवक्ता कृष्ण गिरीले भने। संघीय प्रदेशको अवधारणाअनुसार गठन भएका उच्च अदालतमा ठूलो संख्यामा न्यायाधीश नियुक्ति हुनुपर्नेछ।

प्रधानन्यायाधीश नेतृत्वको परिषदमा नेपाल बार एसोसिसनका रामप्रसाद सिटौलासहित वरिष्ठ न्यायाधीश बैद्यनाथ उपाध्याय, माओवादीबाट कानुनमन्त्री नियुक्त अजयशंकर नायक र प्रचण्ड नेतृत्वको सरकारद्वारा मनोनीत माओवादी निकट कानुन व्यवसायी पदम वैदिक सदस्य छन्।

न्यायाधीश उपाध्यायले शुक्रबार अवकाश पाउने भएकाले प्रधानन्यायाधीश सुशीला कार्की अबेरसम्म भए पनि न्यायाधीश नियुक्त गर्ने पक्षमा थिइन्।

पहिलो महिला प्रधानन्यायाधीश बन्न सफल कार्की कानुन व्यवसायीबाट सिधै सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरिएकाले त्यसअघि प्रधानन्यायाधीश बन्ने वरियतामा रहेका वैद्यनाथ उपाध्याय वरिष्ठ न्यायाधीशबाटै अवकाश पाउन लागेका हुन्। उपाध्यायको अवकाशपछि गोपाल पराजुली वरिष्ठ न्यायाधीशको हैसियतले परिषद् सदस्य हुनेछन्।

Leave A Reply

Your email address will not be published.