Ultimate magazine theme for WordPress.

इमेज पानीको बोतल भित्र फेला पर्यो किरा

164

बारा, २२ असार / तराईको बारा जिल्लामा मात्र नभई मधेस प्रदेशकै चर्चित पानीको बोतलको रुपमा मानिने इमेज पानीको बोतल भित्र किरा फेला परेको तथ्य उजागर भएको छ । बाराको कलैया स्थित रहेको इमेज पानीको फ्याक्ट्री भित्रै भएको लापरवाहीका कारण इमेज पानीको बोतल भित्र किरा फेला पर्न थालिएको हो ।
धेरै कम समयमा मधेस प्रदेशकै जिल्लाहरुमा नाम कमाउन सफल भएको इमेज पानीको बोतल भित्र किरा फेला पर्नुले चर्चाको बिषय पाएको छ । मधेस प्रदेशका शहरहरुमा अधिकांश बिक्रि वितरण हुने पानीको बोतल मध्ये इमेज पानीको बोतल भित्र किरा फेला पर्नुले ग्राहक संग ठगी हुदै आएको रहस्य उजागर भएको छ । इमेज पानीको बोतल बजारमा प्रति बोतल २५ रुपैयाको दरले बिक्रि वितरण हुने गरेपनि ग्राहकको जिउधन संग खेलवाड भइरहेको पुष्टि समेत भएको छ ।
इमेज पानीको ग्राहकहरुले आफुहरु संग उद्योगले ठगि गर्दै आएको दुखेसो समेत पोख्न थालेका छन । ग्राहकहरुका अनुसार कहिले चापा कलको पानी नै प्रयोग गरी प्याकिङ गर्ने गरेको कारण आफुहरु ठगिएको बताउछन । इमेज पानीको लापरवाहीले आफ्नो ग्राहक समेत रुष्ट हुने गरेको कलैया स्थित एक होटल संचालकले दुखेसो पोखेका छन ।
यता अनुगमन गर्ने निकाय भनिएको जिल्ला प्रशासन कार्यालय लगायत बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजको कमि कमजोरी र फितलो काम कारवाहीका कारण उद्योगीहरु ग्राहकलाई ठग्दै आएको स्थानीय ग्राहक बताउछन । अनुगमन गर्ने निकायको मौनताकै कारण उद्योगीहरु सहजै तरिकाले ग्राहकलाई ठग्दै आएको आरोप स्थानीय ग्राहकहरुको रहेको छ ।
यता यस बिषयमा इमेज पानीका संचालक बिजय यादवले कमि कमजोरी भएको स्वीकार्दै केही हुन नसक्ने बताउनु भयो । इमेज पानीको बोतल भित्र किरा फेला परेको बिषयमा समाचार उजागर नगर्नको निम्ति संचारकर्मीलाई आर्थिक प्रलोभन समेत दिएको खुल्न आएको छ । आर्थिक प्रलोभनलाई संचारकर्मीले नस्वीकार्दा केही हुन नसक्ने भन्दै आक्रोष पोखे । जति समाचार लेखेपनि स्थानीय प्रशासनले ५ हजारको फाइन काट्ने र पुनः दोश्रो पटक संचालनमा ल्याउने संचालक बिजय यादवको भनाई रहेको थियो ।

Leave A Reply

Your email address will not be published.