Ultimate magazine theme for WordPress.

आर्थिक प्रलोभनमा स्थानीय निकायदेखी प्रहरी प्रशासन, पुन: अबैध तरिकाले क्रसर उधोग सन्चालन

245

उमेश दुबे
बारा, ८ असोज / बारा जिल्लाको विभिन्न ठाउहरूमा बन्द रहेको क्रसर उधोग पुन: सन्चालनमा आएको छ । स्थानीय निकाय लगायत प्रहरी प्रशासनले आर्थिक प्रलोभनमा परि पुन: अबैध तरिकाले क्रसर उधोग सन्चालन गर्न दिएको हो ।
बाराको निजगढ, कचोर्वा, फेटा लगायत दर्जनौ ठाउहरूमा बन्द रहेको क्रसर उधोग स्थानीय जनप्रतिनिधि लगायत जिल्ला प्रहरी प्रशासनको मिलोमतोमा पुन: सुचारू भएको छ । अबैध तरिकाले सन्चालन गर्दै आएको क्रसर उधोगहरू सङ्ग मासिक नजराना बुझे पश्चात् स्थानीय निकायको साथ साथै प्रहरी प्रशासनले सुचारू गर्न दिएका हुन । प्रहरी प्रशासन र स्थानीय निकाय अबैध तरिकाले क्रसर उधोग सन्चालन गर्न दिने भएपछी सन्चालकहरूले मासिक लाखौ रूपैया नजराना बुझाए पश्चात् सुचारू गरेको स्थानीयहरूले बताएका छन ।
क्रसर उधोग सन्चालन गर्न नदिने भन्दै केही महिना अगाडी बारा जिल्लाका निजगढ नगरपालिकाका मेयर सुरेश खनाल आफ्नो प्रचारबाजी गराएपनी उहाको इमान्दारिता केही रकममा नै सिमित भएको हेरिन्छ । केही रकमको लोभमा परि अबैध तरिकाले क्रसर उधोग सन्चालन गर्न दिएको स्थानीयले आरोप लगाएका छन । घना बस्ती रहेको ठाउमा पुन: क्रसर उधोग सन्चान गर्न दिनु मेयर खनालको इमान्दारिताका साथ साथै आफ्नो जनताको सुख सुबिधा के कस्तो हुन सक्ने कार्यको जिम्मेवारी माथी नै प्रशन चिन्ह खडा भएको छ ।
निजगढ नगरपालिकाको मेयर सुरेश खनालले आफ्नो मनमौजी पाराले जुन बेला बन्द गराउने र ठूलो रकम पाए पश्चात् सन्चालन गर्न दिने भन्दै स्थानीयले दुखेसो पोखे । स्थानीयका भनाइ अनुसार अबैध तरिकाले क्रसरको साथ साथै केही अपराधी क्रियाकलापमा फसेकाहरूलाई नै रिहा गराउनको निम्ति १० लाख रूपैया नजराना बुझेको स्थानीयले आरोप लगाए । जुन मेयरले केही रकमको लागि यहासम्म तल्ल खसी काम गर्न सक्छ भने पैसा पाए पश्चात् के नै गर्न सक्दैन भन्दै स्थानीयले गुनासो सुनाए ।
यता जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रूद्र प्रसाद पन्डितले आफुलाइ इमान्दार ठान्दै गरिरहेको कार्य माथी नै प्रश्न चिन्ह खडा भएको छ । प्रमुख जिल्ला अधिकारी आउनसाथ केही पैसा क्रसर उधोग सन्चालनबाट लिएकै कारण मिडियामा आउनसाथ बन्द गराएका थिए । तर उहाको इमान्दारिता ४ महिनासम्म टिक्न पाएन । कारण हो केही मोटो आर्थिक । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी, निजगढ नगरपालिका र क्रसर उधोग सन्चालन बिच आर्थिकको कुरा मिलि सके पछि पुन: अबैध तरिकाले क्रसर उधोग सन्चालन भएको प्रशासन श्रोतले दाबी गरेका छन । उहाले आफ्नो नाम नछाप्ने सर्तमा क्रसर उधोग सन्चालकहरूले एक जना सन्चालककै माध्यमले मासिक नजराना पठाउने गरेको बताए ।
आ-आफ्नो ठाउहरूबाट सबैले इमान्दारीताको ढोल पिटनेहरू पुन : अबैध तरिकाले क्रसर उधोग सन्चालन भएपनी मुखदर्शक बन्नु भ्रष्टाचारको बढावातर्फ उन्मुख भएको प्रष्ट हुन्छ । होइन भने सन्चालनमा रहेको अबैध तरिकाको क्रसर उधोग बन्द हुने हो कि हेर्न बाकी नै छ । तसर्थ: यस्तो तरिकाको सन्चालनमा रहेको क्रसर उधोगको साथ साथै स्थानीय जनप्रतिनिधि लगायत सुरक्षा दिरहेको प्रहरी प्रशासन माथी ध्यान पुरयाउन अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.